OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जुम्ला,पौष २७, २०७८जुम्ला,
६३३ पटक

खलङ्गा पुस २७ गते, जुम्लामा एमविविएस शुरु भए सँगै चहल पहल थप बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंशिर २६ गते एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु उद्धाटन पछि मेडिकल हवको तयारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमविएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।

उपकुलपति डाक्टर मंगल रावलका अनुसार प्रतिष्ठानले एमविएस शुरु गरे पछि मेडिकल हवको रुपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना सहित अगाडि बढाईएको जानकारी दिनुभयो । उहाँका अनुसार अव च्यारेलाई प्रतिष्ठानको दिर्घकालिन योजना अनुसार मेडिकल हवको रुपमा बिस्तार गरिनेछ । एमविविएस लगायतका कार्यक्रमहरु अध्यन अध्यापन गराउन चन्दननाथ नगरपालिका ३ का स्थानीयको सहयोगमा प्रदान गरिएको निशुल्क जग्गाको उक्त स्थान च्यारे चौरमा एक भवन भने शुरुवात भईसकेको छ । रसुवा कम्पनीले शुरुवात गरेको सो भवन स्थानमा २३ वटा भवन बन्नेछन् ।

डाँफे लेक नजिक रहेको सो क्षेत्रमा च्यायारे क्षेत्रमा संसारकै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकोमा जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हव हुने उक्तिकै सम्भावना छ । हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने छन् । रजिष्ट्रार नृपेन्द्र महतका अनुसार च्यारे चौरमा रहेको पाँचसय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीनसय रोपनी दर्ता भईसकेको बताउनुभयो । सोही क्षेत्रमा शैक्षिक भवनहरु ठूलो मात्रामा लगाईने योजना नेपाल सरकारका समक्ष पेश गरिएको छ ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको तीनसय शैयाको अस्पताल क्षेत्रमा अहिले एमविविएस लगाएतका कक्षाहरु संचालन भईरहेका छन् । बर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमविविएस सहितका शैक्षिक कार्यक्रमहरु संचालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीनवटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ । उहाँका अनुसार राष्ट्रपति भण्डारीले उद्धाटन गर्नुभएको भवन च्यारेमा नवने सम्मका लागि त्यही अध्यापन हुने बताउनुभयो । पछिल्लो समय प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापना पछि स्वास्थ्य क्षेत्रमा परिर्वतन हुन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षाहरु संचालन भईरहेका छन् ।

क्याप्सन : जुम्लाको च्यारेमा शैक्षिक भवन निर्माण गर्दै तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्