OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,पौष २४, २०७८जुम्ला,
७५६ पटक

खलङ्गा पुस २४ गते, यस गत कार्तिक पहिलो साता वाढि र पहिरोले सवैभन्दा बढि क्षेति पुरयाएको भेरीखोलाका शेषहरुले अहिले पनि स्थानीयलाई झस्काउदै आएको छ ।
विपतले पुरयाएको क्षेतिका शेषहरु देखेर अहिले पनि स्थानीय दंग पर्दछन् । ईतिहासकै सवैभन्दा ठूलो बाढि आएर भेरीखोला तातोपानी र तिला क्षेत्रका मार्सीधानका फाट, ठूलो मात्रामा पाखो जमिन समेत बगाएपछि खोला किनारको क्षेत्र पनि विरानो देखिएका छन् ।

बाढि र बर्षा सकिएपछि सो क्षेत्रका अधिकांश क्षेत्रमा अहिले अहिले पनि विधुत, विद्यालय, सिँचाई कुला क्षेति पुरयाएका देखी जंगलनै उक्काएर ल्याएको रुखहरु अहिले पनि नदि छेउछाउमा प्रशस्त्रै छन् ।
बगर बनेका खेत तथा गह्रामा स्थानीयले रुखहरु काटेर दाउरा बनाउदै गरेका दृश्यहरु भेरीखोलामा अहिले पनि छन् । स्थानीय सरकारले त्यहाँको सम्पूर्ण क्षेति अनुगमन गरि पालिका तथा जिल्ला विपत व्यवस्थापन समितिलाई पेश गरेको छ । तर अहिले सम्म त्यो क्षेतिमा ठोस रुपमा मलम लगाउने काम भएको छैन् ।

तातोपानी गाउँपालिका वडा नम्बर ७ निवासी मुनबहादुर कुँवरका अनुसार क्षेति हेर्ने हो भने अहिले पनि डर लाग्छ । कृषि उत्पादन भूभाग क्षेत्र धेरै जसो बगेका छन् । तिला क्षेत्रमा धानका खेत निशाना नहुने गरी बगाएको थियो भने माथिल्लो क्षेत्रमा कृषि योग्य जमिनमा ठूलो क्षेति सहित पशुचौपाया क्षेति पुरयाएको थियो । तर अहिले सम्म उचित सम्वोधन नहुदा किसान निराश हुन थालेका छन् ।
एक्कासी आएको बाढीले तातोपानी वडा नम्बर ७ र ८ मा सिमी तथा मकैमा समेत क्षेति पुरयाएको थियो । यसैगरी भेरी खोलाको तिला गाउँपालिकामा भारी मात्रामा क्षेति पुरयाएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिमा पेश भएको क्षेति प्रतिवेदनमा २०७८ साल कात्तिक १ गते परेको अविरल बर्षामा भेरीखोला तिलाको १३ हेक्टर जमिन सहित १४१ मेट्रिकटन मार्सीधान, तातोपानी ८ मा २२९ मेट्रिक टन मार्सीधान क्षेती भएको थियो । यसैगरी ११७ वटा भेडाको वथान बगाएर लिएको थियो ।

विपतले त्यस क्षेत्रमा लगाईएको बाली तथा धान, बत्ति, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सड्क समेत क्षेति पुरयाएको थियो तर पछिल्लो समय सडक भने अस्थायी सुचारु गरिएको छ ।
अन्य सिचाई कुला कहिले वन्ने हुन भन्नेमा स्थानीय दंग छन् । स्थानीय नैनबहादुर हमालका अनुसार नुवाकोटमा घर बगाएर लिएका व्यक्तिको पनि पुनस्र्थापना हुन सकेको छैन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले तातोपानी क्षेत्रमा बिपतले ठूलो मात्रामा क्षेति पुरयाएको र सकिने पुनस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो । उहाँले गाउँपालिका र वडापालिकाले बृस्तृतमा क्षेतिको प्रतिवेदन जिल्ला र सम्वन्धित निकाय वुझाई आवश्यक सहयोगको पहल भईरहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईका अनुसार बढि प्रभावित क्षेत्रमा खानेपानी सहित आधारभुत कुराहरु सुचारु गरिएको र अन्यका लागि जिल्लामा प्रथामिकता राखिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्