OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २१, २०७८काठमाडौं
५७० पटक

२१ पुस २०७८, बिहीबार

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि सातै प्रदेशबाट मंगलबार (पुस २०) गते विशेषगरी पाँच दलबाट विभिनन उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराइसकेका छन् ।

यही पुस २५ गते सातै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछन् । निर्वाचनमा विशेषगरी सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)तर्फका साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

उक्त निर्वाचनमा सबै प्रदेशमा गठबन्धन दलका उम्मेद्वारहरु विजय हुने निश्चित जस्तै देखिन्छ यद्यपि यसमा मतदाताहरुमा ईमान्दारिता हुनुपर्ने गठबन्धन दलका नेताहरुले बताउँदै आएका छन् । देशैभरि हुने निर्वाचनको परिणाम कस्तो हुने छ त ? यसैमा रहेर प्रस्तुत गरिएको राजनैतिक दल र मतदाताहरुको अवस्था यसप्रकार सूचीवद्ध गरिएको छ ।

प्रदेश न.१

गठबन्धन ४६६८
एमाले ४५२४
राप्रपा १२०
जम्मा . ९३४८

प्रदेश न.२

गठबन्धन ७२५४
लोसपा १५६०
एमाले ९४२
जम्म . ९८८८

बागमती प्रदेश

गठबन्धन ४९५६
एमाले ४१५२
नमकिपा १३२
जम्मा . ९५१६

गण्डकी प्रदेश

गठबन्धन ३२३४
एमाले २५३८
जम्मा . ५८९२

लुम्बिनी प्रदेश

गठबन्धन ४३१४
एमाले ३२३४
जम्मा ७५४८

कर्णाली प्रदेश

गठबन्धन २८९८
एमाले ११३४
जम्मा ४५२४

सुदुरपश्चिम प्रदेश

गठबन्धन ३७८०
एमाले १८५४
जम्मा ५६३४

 

प्रतिकृया दिनुहोस्