OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०७८जुम्ला,
८२१ पटक

जुम्ला  पुस २० गते, जथाभावी रुपमा अतिक्रमण सड्क अतिक्रमण हुन थालेपछि हटाउ अभियान थालिएको छ ।
अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने,निर्माण सामाग्री हटाउन,परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो । सुरक्षाकर्मी सहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर,टहरा,पर्खाल,होटल लगायतका संरचना भत्काउन थालिएको छ ।
डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम शुरु भएको नागरिक अगुवा राजबहादुर महतले जानकारी दिनुभयो । उहाँले,“वर्षौ पहिले देखि नागरिक समाजको अगुवाईमा सडक अतिक्रमण हटाउन बहस देखि सडक चक्काजाम गर्यौ तर सफल भएनौ ।
सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामाग्री हटाईएको छ । उहाँका अनुसार अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ । उहाँले पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामाग्री हटाएका छौ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी रहेको भन्दै सवैको यस अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिरट चौडा हुनु पर्ने । त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । पछिल्लो समय फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा,होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एकहप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ ।
जुम्ला बजारमात्रै नभई तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँ सम्म पुराइने सडक डिभिजनले जनाएको छ ।
प्रमुख जिल्ला विजयाकुमारी प्रसाईले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमती वा बल प्रयोग गरेर भएपनि हटाइने बताउनुभयो । उहाँका अनुसार सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो । अतिक्रमण हटाउन प्रहरी प्रशासन,सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आबश्यक रहेको प्रजिअ प्रसाइको भनाई रहेछ ।
मंगलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामाग्री हटाइएको केही स्थानीयले विरोध समेत गरेका छन् । अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्सा गरेर मात्रै छोड्ने स्थानीयको माग छ । सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केहि दिनका खाली नगरे सिधै डोजर प्रयोग गरेर भत्काइने समेत चेतावनी दिइएको छ ।
सडक डिभिजन जुम्लाले पटक पटक सार्वजानिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरेपनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन् । निर्णय हुने कार्यान्वयन नहुने प्रबृत्तीले बढेको सडक बढेको सडक अतिक्रमण हटाउन सरोकारवाला आक्रमक भएपनि आम सर्वसाधारण खुसी भएका छन् । सडकमा बनाईएका टहरा हटाउन सम्झाई वुझाइ, स्थानीय सूचना प्रकाशन समेतमा जोड दिईएको डिभिजन सडकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्