OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०७८सुर्खेत
१२५३ पटक

१७ पुस २०७८, शनिबार

काठमाडौंमा सम्पन्न प्रथम मेयरकप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कर्णालीले आठ पदक हात पारेको छ । उक्त प्रतियोगितामा सुर्खेतले मात्र छ पदक हात पारेको हो ।

पौष १५ देखि १७ सम्म राजधानीमा सम्पन्न प्रतियोगितामा कर्णालीले दुई रजतसहित छ काँस्य जितेको हो । तेक्वान्दो सुर्खेतका प्रशिक्षक भुवन थापाका अनुसार ६३ केजी.तौल समूहमा सल्यानका योगन्द्र शाह र ५० केजी.तर्पm सुर्खेतका सुशिल ओलीले रजत पदक जितेका हुन् ।

त्यस्तै, ४६ केजी तौल समूहमा सुर्खेतका दिनेश मगरले पुम्सेमा र राजकुमारी गुरुङ्गले काँस्य हात पारे । ७६ केजी. तर्पm रुकुमपश्चिमका डिल्लीप्रसाद शर्मा, ४९ केजी. तौलतर्पm सुर्खेतका दिप्ती नेपाली, ६३ केजी.तर्पm सुर्खेतकै पूजा गाहा र ५४ केजी. तर्पm पनि सुर्खेतकै दिपेन्द्र चुनाराले काँस्य पदक जिते ।

गत पुस ८ गते कर्णालीको राजधानी सुर्खेतमा सम्पन्न प्रथम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा छनौट भई कर्णालीका १९ जना खेलाडी प्रतियोगितामा सहभागिता भएका थिए । जसमा सुर्खेतका १५, रुकुमका ३ र सल्यानका १ जना खेलाडी थिए । प्रदेशस्तरीय प्रतियोगितामा सुर्खेतले १४ स्वर्ण, छ रजत र चार काँस्यसहित च्याम्पियन भएको थियो ।

प्रतिकृया दिनुहोस्