OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १४, २०७८ जुम्ला,
१०७४ पटक

खलङ्गा पुस १४ गते, जुम्लामा यस बर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा करिब आधा फिट जति हिउँ जमेको र हिउँ परिरहेको स्थानीयले बताएका छन् । हिउँ परेपछि चिसो भने बढिरहेको छ ।
चिसो बाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोक चोकमा आगो वालेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार हिमपातले अहिले सम्म कतै असर नपुरयाएको र जिल्ला वन कार्यालय, चन्दननाथ नगरपालिकाको समन्वयमा दाउरा व्यवस्थापन गरिएको हो । उहाँका अनुसार हिउँ परिरहेको छ ।

शशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो स्थानमा एक फिट हिउँ जमेको छ । उहाँका अनुसार हिमपात भएपछि पत्रकार महासंघ अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन , कोलखोली, बिमानस्थल लगायतका स्थानमा दाउरा वितरण गरि आगो वालेर न्यानो गर्ने काम भएको छ ।

यसैगरी जिल्लाभर हिमपातको अवस्था बिषयमा सूचना संकलन भईरहेको छ । हिमपातले सड्क तथा हवाई यातायात प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अत्यावश्यक सवारी साधन वाहेक अन्य साधनहरु नचलाउन समेत सूचना प्रवाह गरिरहेको बताईएको छ ।

यस बर्ष पहिलो पटक हिउँ परेपछि कृषि वालिमा लाभ हुने बताईएको छ । हिउँले हिउँदेवालीलाई समेत फाईदा पुरयाउने किसानहरु बताउछन् । स्थानीय किसान शुलोचना हितानका अनुसार हिउँले पानीको समेत काम गर्ने भएकाले राम्रो हुने भएको बताउनुभयो ।

हिमपातले नागरिकको जनजीवन भने प्रभावित भएको छ । लगातार हिमपातका कारण चिसो बढेपछि मानिसहरु, पशुचौपाया सवै भरभित्र बस्न वाध्य भएका छन् ।

जुम्लाको तापक्रम अधिकतम माईनस न्यूनतम माईनस ०.६ र अधिकतम ७.० रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका कर्मचारी जमुना हमालले जानकारी दिनुभयो । लामो समयपछि हिउँ परेपछि हिउँमा रमाउने पनि उत्तिकै रहेका छन् । धेरैले सामाजिक सञ्जालमा हिउँमा रमाएको तस्बिरहरु समेत सार्वजनिक गरेका छन् । हिमपातले किसान बढि खुशी समेत भएका छन् ।

क्याप्सन ः हिउँमा न्यानो गर्न स्थानीय प्रशासनले आगो वालेको छ ः तस्बिर नेत्र शाही जुम्ला

प्रतिकृया दिनुहोस्