OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १३, २०७८काठमाडौं
६४१ पटक

१३ पुस २०७८, मंगलबार

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपालको वर्तमान संकट अन्त्यका लागि जनतालाई स्वतन्त्ररुपमा फैसला गर्न दिनुपर्ने बताउनुभएको छ ।

जनपत्रकार संगठन कर्णाली प्रदेशद्वारा कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाटमा’ कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले श्रमजीविहरुको रगत पसिनाबाट आएको व्यवस्थामा जनताकै श्रेष्ठ अभ्यास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संसदीय व्यवस्था नै मुलुक पद्धति अनुरुप चल्न नसक्ने मुख्य समस्या बनेको छ । राज्य व्यवस्थाको चरित्र दलाल पूँजीवादीमा रुपान्तरण हुँदा मुट्ठीभरका मान्छेहरुले यो देशलाई हातमा लिईरहेका छन् । उनीहरुबाट लुटतन्त्र चलिरहेको छ ।”

त्यही अवस्थालाई गम्भीर समीक्षा गर्दै नेकपाले वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहको एजेण्डा अघि सारेको उहाँले बताउनुभयो । नेकपाका नेता विश्वकर्माले भन्नुभयो, “अहिलेको व्यवस्थामा जनता र देशको आवश्यकता भन्दा उल्टो काम भईरहेको छ । राजनैतिक विचलन देखिएको छ । तसर्थ नेपाली श्रमजीवि वर्गलाई राज्य सञ्चालकको तहमा पुर्याउन जनमत संग्रह जरुरी छ ।”

प्रवक्ता प्रकाण्डले एमसीसी पारित भए सडकबाटै कडा प्रतिवाद गर्नेसमेत चुनौति दिनुभयो । “अमेरिकी परियोजना एमसीसी नेपालका लागि चरम राष्ट्रघाती र हस्तक्षेपकारी छ,” उहाँले भन्नुभयो, “आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर बनाउन नेपाल जस्तो सामरिक महत्वको देशलाई उसले नियन्त्रण र प्रभावमा राख्न खोजिरहेको छ र सैन्य गठबन्धनमा छिराउने प्रयास गरिरहेको छ । यसमा हामी सबै सचेत बनौं ।”

अमेरिकाको आशयमा हुने कामले नेपाल जस्ता सार्वभौम देशहरु कमजोर हुने जनाउँदै उहाँले देशभक्त सम्पूर्ण नेपाली सचेतताका साथ एक भएर एमसीसी विरुद्ध डट्न आग्रह गर्नुभयो । सोही क्रममा प्रवक्ता प्रकाण्डले देशको स्वाधीनताको एजेण्डामा मत मिल्ने नेपाली क्रान्तिकारी इमान्दार कम्युनिष्टहरुबीच एकताको विषयमा छलफल पनि भईरहेको बताउनुभयो ।

उहाँले कुनै न कुनै ढंगले तेस्रो विश्वयुद्ध हुने संकेत पनि गर्नुभएको थियो । उक्त ‘पत्रकार भेटघाटमा’ कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एटम बिसीलगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्