OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १३, २०७८ जुम्ला,
७२६ पटक

खलंगा पुस १३ गते, लामो समय देखी ओडारमा बस्दै आएका चेते कुलालको रहस्यमय मृत्यू भएको छ । स्थानीय सरकार, प्रशासन र सरोकारवाला निकायले कुलालको घरवास र नागरिकता बनाउने तिब्र पहल भईरहकै समयमा उनको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार घटना स्थलको अवलोकन भई अनुसन्धान अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । उहाँले चन्दननाथ नगरपालिका वडा नम्बर १ निवासी २० बर्षिय रत्न रावललाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रावलको जुत्तामा रगत लागको र थप अनुसन्धान भईरहेको छ । ओडरमै मृत्यू भएका कुलालको ठाउँकोमा चोट भएको थप कारण पत्ता लगाउन प्रहरी खटिएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले उनि बस्दै आएको नजिक उनको मृत्यू भएको जानकारी दिनुभयो । उहाँका अनुसार चोट र घाउ पनि धेरै छ । उहाँले आफु घटनास्थल पुगेर फर्किएको जानकारी दिदै घरवास सहितको प्रवन्धका लागि जग्गा समेत दिने भईसकेको अवस्थामा उनको मृत्यू अकस्मात मृत्यू भएपछि स्थानीय प्रशासन समेत अच्चमित भएको छ ।

चन्दननाथ नगरपालिका १ स्थित कुलालवाडामा ओडारमा कुलाल बस्दै आएको खबर पाएपछि ५दिन अघि नेपाल पत्रकार महासंघ जुम्लाको टोली अनुगमनमा गई समाचार वाहिरिएपछि स्थानीय प्रशासन, स्थानीय सरकारले आवास र घरको व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

उनलाई चार दिन अगाडि अपाङ्ग पुनसर्थपन तथा विकास केन्द्रको समन्वयमा आईएनएफ नेपालले रु १० हजार बराबरको न्यानो कम्वल, डस्ना सहित खाद्यन्न सामग्री वितरण गरिएको थियो भने आवासको व्यवस्थापन गर्ने निर्णय समेत भएको थियो । आईतवार जिल्ला प्रशासन कार्यालय जुम्ला, स्थानीय वडापालिका, पत्रकार महासंघ सहितका सरोकारवाला निकायहरुको सहभागितामा आवास व्यवस्थापन गर्ने निर्णय भएको थियो ।

ओडारमा बसोबास छ भन्ने खबर पाउने बित्तिकै स्थानीय प्रशासनको अगुवाईमा घरनै निर्माण गरिदिने पहल गरिरहेका समयमा उनको मृत्यू भएको छ ।
चेते कुलाल लामो समय देखी विरामी र मदिरा समेत प्रयाग गर्दै आईरहेका भएपनि चोटपटक भएकाले संका गर्ने आधार भएकाले अनुसन्धानका लागि टोली खटाईएको स्थानीय प्रशासनले जनाएको छ । शरिरमा चोट र रगत धेरे भएकाले संकास्पत भएको स्थानीय जयकृष्ण आचार्यले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले मंगलवार नागरिकता प्रदान गर्ने योजना समेत राखेको थियो । नागरिकता नहुदा अहिले सम्मको सेवा सुविधा लिन नपाएका उनको घरवास समेत बनाउने निर्णय पछि उनको मृत्यू भएको बताईएको छ । स्थानीय रविन कुलालले बसोवास भएको ओडारबाट केही परसम्म घिस्राएर लिएको जस्तो भएकाले घटना संकास्पत हुन सक्ने बताउनुभयो ।

क्याप्सन : चेतेकुलाल बस्ने ओडार तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्