OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७८काठमाडौं
४५० पटक

११ पुस २०७८, आईतबार

मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र त्रिभुवन विश्वविद्यालयको आंगिक सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र तथा व्यवस्थापनशास्त्र संकाय केन्द्रीय क्याम्पस र त्रिभुवन विश्वविद्यालयको आंगिक सुर्खेत बहुमुखी क्याम्पसबीच सहकार्य गर्ने गरी आज आपसी समझदारी भएको हो । उक्त समझदारी पत्रमा सुर्खेत बहुमुखी क्याम्पस प्रमुख माधव खनाल, मप विश्वविद्यालय शिक्षा तथा व्यवस्थापनशास्त्र सङ्काय केन्द्रीय क्याम्पसद्वय प्रमुख जसविर रोका र दिपक सिंहले हस्ताक्षर गर्नुभएको थियो ।

यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्न प्राध्यापक–शिक्षक–कर्मचारी–विद्यार्थी र विज्ञहरुबीच सिकाई आदानप्रदान, अध्ययन–अनुसन्धान, प्रकाशनमा दुवैतर्फ सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको मप विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डीन स.प्राडा. लिलाधर तिवारी जानकारी दिनुभयो । उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा व्यवस्थापन सङ्कायका डिन प्राडा दिप बहादुर रावल, शिक्षाशास्त्र संकायका पूर्व सहायक डीन बिष्णुकुमार खडकाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्