OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ११, २०७८
६२८ पटक

११ पुस २०७८, आईतबार

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका बताउनुभएको छ ।

आज प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई उल्टै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रघाती भन्नेले एमसीसीबारे पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो नि ? एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन । ‘म यो देशको प्रधानमन्त्री हुँ । के म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन राष्ट्रघात गरौंला ?’

सभापति देउवाले एमसीसीबारे आफूहरु (सत्तारुढ दलहरु)बीच छलफल भइरहेको जनाउनुभयो। ‘प्रचण्डजीसहित अन्य नेताहरुसँग छलफल गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छन् ।’

विश्व बैंक, एशियाली विकास बैंबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैनन् । राम्रोसँग बुझ्नुपर्‍यो क्या ?’यसको बृहत छलफल भएर सहमतिका आधारमा एमसीसी पारित हुनेमा आफ्नो विश्वास रहेको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्