OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७८काठमाडौं
८०१ पटक

११ पुस २०७८, आईतबार

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन अब केही बेरमा शुरु हुँदैछ । महाधिवेशन अहिले दिउँसो ३ः०० बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठान काठमाडौंमा उद्घाटन हुँदैछ । उक्त कार्यक्रममा सहभागी हुनका लागि देशैभरिबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं भित्रिएका छन् ।

अहिले देशभरको प्रतिनिधिहरु प्रज्ञा प्रतिष्ठानको भवनका छिर्ने क्रम चलिरहेको छ । अतिथिहरु मञ्चको पछिल्लो लहरमा बसिरहेका छन् । महाधिवेशनको लाईभ प्रसारण भईरहेको छ । डबलीको डिजिटल पर्दामा झाँकी, शुभेच्छुक र समर्थकहरु भित्रका गतिविधिहरु नियालिरहेका छन् ।

महाधिवेशन उद्घाटका लागि तयारी कार्य पूर्ण भएको माओवादी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त महाधिवेशनमा मनोनितसहित प्रतिनिधि एक हजार ६०० को हाराहारिमा रहने छन् ।

प्रतिकृया दिनुहोस्