OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ९, २०७८सुर्खेत
३९० पटक

९ पुस २०७८, शुक्रबार

जिल्ला अदालत सुर्खेतका न्यायधीश डा.राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा जटिलता हुँदै गएको बताउनुभएको छ ।

आर्फिक्स नेपालद्वारा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायधीश डा.आचार्यले कानूनी अनविज्ञताका कारण सामाजिक अपराधका घटना बढ्दै गएको बताउनुभयो । “पछिल्लो समय सबैभन्दा बढी जबरजस्ती सम्बन्ध विच्छेदको घटनाहरु बढेका छन्,” उहाँले भन्नुभयो, “सहमतिको आधारमा गरिने सम्बन्ध विच्छेदहरुमा महिलालाई जबरजस्ती धकेलिएको हुन्छ । उनीहरुमा कानुनी अनविज्ञता नै देखिन्छ ।”

कानूनी शिक्षा गाउँमा पुर्याएको जर्बजस्ती रुपमा सम्बन्ध विच्छेद नहुने भन्दै न्यायधीश आचार्यले बालविवाहलगायतका अन्य सामाजिक अपराधका घटनाहरु पनि बढ्दै गएको जनाउनुभयो । कर्णाली प्रदेश सरकारले बनाएको कानूनबारे अहिलेसम्म जिल्ला अदालतलाई थाहा नभएको उहाँको भनाई थियो । उहाँका अनुसार जतिसक्दो नागरिकस्तरमा कानुनी सचेतना फैलाउनुपर्छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले प्रदेश सरकारले आवाश्यक नीति निर्माण गरी तिनको कार्यान्वयन गर्न तर्फ केन्द्रित रहेको जनाउनुभयो । कानुनी सचेतनाका लागि स्थानीयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिएको उहाँले बताउनुभयो ।

छलफलको क्रममा मध्यपश्चिम विश्वविद्यालय ल क्याम्पसका पूर्व निर्देशक डा.अर्जुन ऐडीले विद्यार्थीहरु ज्ञान लिने भन्दा पनि ‘सर्टिफकेट’का लागि विश्वविद्यालय धाउँने समस्या समाजमा प्रतिबिम्बित भएको प्रतिक्रिया दिँदै विद्यार्थीले सिकेको कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरपालिकामा आउने विवादहर्रु कानुनी प्रक्रियाबाटै समाधान गर्दै आएको जनाउनुभयो । न्यायिक समितिकी संयोजकसमेत रहेकी उहाँले स्थानीय तहले १३ वटा विवाद निरुपण गर्ने अधिकार दिइएतापनि ११ वटा विवाद न्यायिक समितिले निरुपण गर्न पाउने बताउनुभयो । यद्यपि स्थानीय तहका लागि कानुनी सल्लाहकारको आवाश्यकता रहेको उपप्रमुख ढकालको भनाई थियो ।

यता कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा.नवराज केसी, अधिवक्ता गीता कोइराला, सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवाली, सरकारी वकील दोर्ण पौडेल र कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बाल विवाहले निम्त्याएका समस्याबारे अन्तरक्रिया गदै यो सबैखाले समस्याको जड भएको निष्कर्ष निकाल्नुभयो ।

युवा, विद्यार्थी, कानूनका जानकार र विज्ञहरुलाई एउटै मञ्चमा राखेर कानुनी क्षेत्रका समस्या र सम्भावित समाधानबारे छलफल गरेको ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा कानुन विषयमा अध्ययनरत युवा विद्यार्थीहरुले प्रयाप्त कानुनी ज्ञानको कमी, बढ्दो बालविवाहले समस्या निम्त्याएका प्रतिक्रिया दिएका थिए ।

कानूनी अज्ञानता, बालविवाहको समस्या र तिनको समाधानबारे छलफल गरी त्यसको निक्र्योल निकाल्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था अर्फिक्स नेपालका प्रमुख कार्यकारी निर्देशक सुवास रिसालले बताउनुभयो । ‘कर्णाली ल कन्क्लेभ’ का संयोजक एकता देवकोटोले आगामी वैशाख २६ गते कानुन दिवसको अवसरमा काठमाडौंमा ‘कर्णाली ल कन्क्लेभ’ सिरिज आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्