OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २७, २०७६ जुम्ला,
३७८ पटक

खलङ्गा चैत २७ गते । जुम्लामा लकडाउन उलङ्घन गर्ने तीन सय ८७ सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् ।
कोभिड १९ ( कोरोना भाईरस ) रोगथाममा जुम्लामा गत चैत १० गतेबाट शुरु भएको लडाउन देखी हाल सम्मको अवधिमा तीन सय ४६ मोटरसाईकल, ४१ वटा अन्य गाडीहरु सहित तीन सय ८७ सवारीसाधान ट्राफिक कारवाहीमा परेका जिल्ला प्रहरी जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक धामीका अनुसार यस्तो अवस्थामा पनि अटेर गर्नेका साधन नियन्त्रण लिई जिल्ला प्रहरीमा ल्याई राख्ने देखी सम्झाई बुझाई गरि पठाउने गरेका छौ ।
बाहिरबाट आउनेलाई क्राउ गरि क्वारेन्टाईन ः
यसैगरी पछिल्लो समयमा प्रहरी आफैले वाहिरबाट आएकालाई पक्राउ गरी क्वारेन्टाईनमा राख्न थालेको छ । कामको सिलसिलामा प्यूठान जिल्ला गएका युवा चैत २६ गते जाजरकोट हुदै जुम्ला आएको अवस्थामा स्थानीयको सूचनाको आधारमा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राखेको छ ।
लकडाउनको समयमा प्यूठान जिल्लाबाट रोल्पा, जाजरकोट हुदै जुम्लाको तातोपानी गाउँपालिका – ७ ताम्तीमा प्रबेश गरेको समयमा स्थानीयको सूचनामा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राख्न सहयोग गरेको हो ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठानबाट पाँच दिनको पैदल जुम्लाको ताम्ती गाउँमा आएपछि आएको समयमा १३ जना युवालाई स्थानीयको सूचनामा प्रहरीको सहायतामा पक्राउ गरी क्वारेन्टाइनमा राखिएको हो ।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका ४ जना स्थानीय युवा र पलाता गाउँपालिका ५ जना र जुम्ला हिमा गाउँपालिका ४ जना युवालाई पक्राउ गरी सम्वन्धीत गाउँपालिका अन्र्तगतका क्वारेन्टाइनमा राख्ने गरी बुझाएको र गाउँका ४ जना प्यूठानबाट आएका चार जना स्थानीयलाई कालिका मावि बुअ क्यारेन्टाइनमा राखिएको छ । यसैगरी जुम्लाको पूर्विक्षेत्र मणि साँघु सिमाबाट आएका एक जनालाई हेल्थ जाँच गरी क्वारेन्टाईनमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार जुम्लामा अहिले ३३ जना क्वारेन्टाइनमा बसेका छन् भने २ सय १३ जना १४ दिन क्वारेन्टाइनमा बसेर घर फिर्ता भएका छन् । यसैगरी जिल्ला बाहिरबाट आउने कोेही पनि व्यक्तिलाई स्वास्थ्य सस्था र प्रहरी चौकीमा सम्पर्क राखि सुरक्षित हुन सूचना समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्