OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ७, २०७८जुम्ला,
६५३ पटक

खलङ्गा पुष ७ गते, सरकारी कार्यालयको काम ५ महिना सम्म पुजीगत खर्च शुन्य भनेपछि अच्चम्म लाग्ला तर जुम्लाको आयूवेर्द स्वास्थ्य केन्द्रको काम पाँच महिनामा तलव वाहेक अन्य पुजीगत काम केही पनि हुन सकेको छैन् ।

कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैमा घर गएर दुई महिना विना जानकारी वाहिर बसेपछि काम काज प्रभावित भएको हो । कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैपछि पुष महिनामा फर्किएपछि काम काज प्रभावित भएको स्वास्थ्य केन्द्रका कर्मचारी बताउछन् ।

कार्यालय प्रमुखले अन्य कर्मचारीलाई जिम्मेवारी पनि नदिने आफु पनि काम गर्ने समस्याले आयूवेर्द स्वास्थ्य केन्द्र जुम्ला धरापमा पर्न लागेको चिन्ता अहिले बढेको छ । कार्यालय प्रमुख ठाकुर भने पुष १ गतेबाट जुम्लामा हाजिर भएका छन् । तर पाँच महिना कटिसक्दा कार्यालयको पुजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण, औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कामहरु हुन सकेका छैनन् । दशै पछि घर गएका प्रमुख ठाकुर दुई महिना सम्म वेखबर हुनु भएको थियो ।

आयूवेर्द स्वास्थ्य केन्द्र वोहोरागाउँका अन्य कर्मचारीलाई कामको जिम्मेवारी पनि नदिएपछि काम केही पनि नभएको हो ।
कार्यालय प्रमुख ठाकुरले आफु विरामी भएर घर बसेको बताउनुभयो । उहाँले निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको बताउनभयो । तर कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको र जिम्मेवारी नदिईएकै कारण अहिले सम्म काम प्रभावित भएको जानकारी दिनुभयो । उहाँले अहिले सम्म कसैलाई पनि निमित्त नदिदा सवै काम प्रभावित भएको बताउनुभयो ।

पाँच महिना कटिसक्दा कार्यालयको पुजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण, औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कामहरु हुन सकेका छैनन्

जुम्लाको आयूवेर्द स्वास्थ्य केन्द्रमा सेवा ग्राहीभने धेरै आउछन् । दैनिक १० देखी १५ जना सेवा ग्राही आउछन् तर औषधी अभावले समस्या बढेको छ । खातामा पैसा छ तर औषधी खरिद गर्न काम नबढाएपछि सेवाग्राही औषधी लिनबाट समेत बञ्चित भएका छन् ।

कार्यालय प्रमुख ठाकुरको गत आर्थिक बर्षमा पनि कामकै सिलसिलामा झगडा हुदा स्थानीय प्रशासनमा कर्मचारीहरु पुगेका थिए । सवै पेश्की आफ्नो नाममा लिने तर काम पनि नगर्ने, करार कर्मचारीको जागिर खान्छु भनेर धम्की दिने भएकाले कार्यालय प्रमुख र कर्मचारीको झगडा जिल्ला प्रशासनमा पुगेको थियो । तर यो बर्ष भने दुई महिना हाकिम नभएको खबर पाएपछि स्थानीय प्रशासनले छड्के गरेर हाजिरमा रातो लगाएको छ ।

गत बर्ष कार्यालय जनस्वास्थ्य सेवा केन्द्र सँग गाभिएको थियो । अहिले छुट्टै संरचना बनेको छ । गत बर्षकै करिब दुई लाख प्रमुख ठाँकुरको नाममा बेरोजोरो अहिले पनि भएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार रु ठाकुरको नाममा रु दुई लाखको वेरुजु जडिवुडि खरिद नगरेको भेटिएको बताउनुभयो । उहाँले यसका लागि छानविन समितिसमिति गठन गरिएको थियो । समितिको निश्कर्षले विरुवा खरिद नगरेकाले वेरुजु राखि दिएको थियो ।

ठाँकुरको काम प्रति कर्णाली सरकार पनि असन्तुष्ट छ । कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालय अन्तरगत चिकित्सा शाखा प्रमुख लक्ष्मी नारायाण तिवारीका अनुसार कार्यालय प्रमुख देवेन्द्र ठाँकुरको काम त्यति राम्रो नभएकोे बताउनुभयो । उहाँले समस्या सामाधानका लागि पहल भईरहेको बताउनुभयो ।

कार्यालय प्रमुख ठाकुरले मंसिर १ गते बाट आफ्नो सरुवा भईसकेको बताउनुभयो । उहाँ आयूवेर्द स्वास्थ्य केन्द्र जाजरकोटमा कामकाज गर्न कर्णाली प्रदेस सामाजिक विकास कार्यालयले खटाएको छ । गत आर्थिक बर्षमा पनि काम गर्न नसकेर रु १२ लाख फ्रिज भएको बताईएको छ । सानो रकम त्यही पनि काम गर्न नसकिने कर्मचारीलाई कारवाही गर्ने मन्त्रालयले जनाएको छ । स्थानीय प्रशासनले कार्यालय प्रमुख ठाकरको काम कारवाही वारे छड्के अनुगमन गरि स्पष्टीकरण दिईएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलागाईले जानकारी दिनुभयो ।

आयूवेर्द स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीयको चिन्ता बढेको छ । स्थानीय अगुवा राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि यसको स्तरबृद्धिमा ध्यान नदिएको गुनासो गर्नुभयो ।

प्रतिकृया दिनुहोस्