OnlinePana

आज : २०७९ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,पौष २, २०७८जुम्ला,
१०८२ पटक

पुष २ गते, विहान ८ बजेको समय सदरमुकाम नजिकैको एक बौद्ध गुम्वा पछाडि एक सानो काठको टहरा थियो । त्यो टहरा भित्र एक बृद्ध महिला एक्लै पल्टिरहेको जानकारी भयो । ति महिला गास र वासको खोजीमा भौतारिरहेको भन्ने छिमेकीले बताए ।

हामी पत्रकारहरुको टोली त्यहाँ पुग्दा सोही गुम्वामा बस्ने पुजारीले उनको अवस्था जानकारी गर्न थाले । पुजारीले साहारा विहिन व्यक्ति खान बस्न पनि समस्या बताउनु भयो । ति महिला वोल्न हिचकिचाईरहेकी थिईन । केही छिन्मा उहाँलाई वाहिर वोलाएर गुम्वा अगाडि उहाँको परिचय र अवस्था वारेमा जानकारी लिन खोज्यौ ।

ति ८३ बर्षिय एक ज्येष्ठ नागरिक महिलाले अहिले सम्म नागरिकता प्राप्त गर्न सकेकी छ्रैन । मुगु डोल्पु स्थायी ठोगाना बताउने ति महिला बर्षौ देखी वास र गासको खोजीमा भौतारी रहेकी छन् । जुम्ला सदरमुकाममा ४ बर्ष देखी माग्दै हिड्ने गरेकी र अन्तिममा बस्ने व्यवस्था कतै नभएपछि गुम्वाको आश्रयमा गएर ओत लिईरहेकी छन् ।

नाम साङ्गे फटिङ ८३ बर्षको उमेर बताउने महिलाले २० बर्ष जुम्लाको चौधविस क्षेत्रमा बसेर साहारा विहिन भएपछि जीवन जिउन जुम्ला सदरमुकाम आएकी बताउनु भयो । उहाँले चौधविसको खालाढिकमा विवाह गरेको तर श्रीमान् र छोरा दुवैको मृत्यू हुदा आफु एक्लिएपछि साहारा विहिन भएको बताउनुभयो ।

उहाँले श्रीमान् थियो,जवान छोरा रोगले मरेपछि आफ्नो कोही नभएको रुदै पिडा ओकल्नु भयो । सदरमुकाममा पनि आधा दर्जन घरमा बसेको तर अहिले गुम्वाको आडामा बसिहेको जानकारी दिनुभयो । बास मात्रै नभएको भए हुन्थ्यो तर खाने कहाँबाट गर्ने भन्ने जुम्ला सदरमुकामको चार बर्षको बसाईले पिरोलेको बताउनुभयो ।

उनको साहारामा अहिले उर्गेन तेीनजङ गुम्वाका ७८ बर्षिय गुरु कांसर लामा र ५९ बर्षिय टोमा लामा हुनुहुन्छ । उनिहरुले पछिल्लो समय बास र गास दिईरहेको बताएका छन् ।
अहिले सम्म ति बृद्ध महिलाको नागरिकता समेत नभएको छैन् । कसरी बनाउने भन्नेमा आफुलाई पनि थाहा नभएको गुरु कांसर लामाले बताउनु भयो । उहाँले भन्नुभयो, नागरिकता भईदिएको भए बृद्ध भत्ता पनि आउथ्यो, चौधविसमा भाईहरु छन् भन्ने सुनेको छु तर कुनै मतलब छैन् । जुम्लाको माईनस डिग्रीमा बस्ने ओत नपाएपछि अहिलेका लागि गुम्वामा बस्न व्यवस्था गरिएको गुम्वाले बताएको छ ।

राहातले जीवन बचायो :
साहारा विहिन भएकी बृद्धा महिला साङ्गे लामाको अवस्था बुझेपछि स्थानीय छिमेकीको सहयोगमा भने अहिले खाद्यन्न सहयोग पाएकी छन् । राष्ट्रिय अपांङ्ग महासंघ नेपाल सँग आवद्ध स्थानीय सामाजिक क्षेत्रमा कार्यरत संस्था अपाङ्ग पुनस्थापन तथा विकास केन्द्र जुम्लाले ति महिलाको अवस्थाका बिषयमा अध्ययन गरिसकेपछि अहिले उनलाई सिविएम नेपालको सहयोगमा आईएनएफ जुम्लाले कोरोना राहात कार्यक्रमले सघाउ पुरयाएको छ । उहाँलाई पहिलो चरणमा ६० केजी चामल, दाल सहित आधारभुत खाद्यन्न उपलब्ध गराएको छ । गुम्वामा बसेपनि त्यो राहातले उनलाई सहज भएको बताउनुभयो । उहाँले अझ दुई चरणमा थप १२० केजी चामल उपलब्ध गराईने बताईएको छ ।

कोरोनाले ग्रस्त विपन्न समुदायका लागि जिल्लाको चन्दननाथ र कनकासुन्दरी गाउँपालिकाका ५४५ जना विपन्नलाई खाद्यन्न राहात वितरण गरिएको छ । कोरोनाको समयमा आईएनफले राहात, राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सहजीकरण तथा सिएमसि नेपालले मनोसमाजिक परामर्श तथा पुनस्थापना कार्यक्रम गरेको छ । सोही अनुसार राहात प्याकेज पाउनेमा विपन्न व्यक्तिहरु परेकोमा यति वेला सहज भएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई जोड :
स्थानीय सरकारको सहकार्यमा सिविएमको सहयोगमा आईएनएफ नेपालले वितरण गरेको खाद्यन्नमा २४९ जना विपन्न अपाङ्गता भएका व्यक्ति समेत परेका छन् । उनिहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णालीले स्थानीय साझेदार संस्था अपाङ्ग पुनस्र्थापना केन्द्रबाट राहात तथा जनचेतना कार्यक्रममा समन्वय गरेको महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले जानकारी दिनुभयो ।

जुम्ला चन्दननाथ नगरपालिका वडा ४ सिंगाचौरका बौद्धिक अपाङ्गता भएका व्यक्ति धनमल सार्कीको घरमा पनि कोरोनाको समयमा खाद्यन्न अभाव भयो । तर आईएन एफ नेपालले ल्याएको राहात दुई प्याकेजमा १२० केजी चामल सहति दाल, तेल सहित आवश्यक सामग्री उपलब्ध गराउदा अहिलेलाई खाना टरेको आमा कोदो सार्कीले बताउनुभयो । बौद्धिक अपांगता भएका धनमल दिनभर घरमा नवस्ने तर उनका लागि एक जना निगरानी गरिरहनुपर्ने भएको आमा कोदो सार्कीले बताउनुभयो ।

राहात वितरण गर्न वडापालिकाको सहकार्यमा धेरै विपन्न व्यक्तिको तथ्यांक समेत संकलन गरेर राहात प्रदान गरिएको छ । सोही अवसरमा बृद्ध महिला सांगे फुटिग लामाको अवस्था थाहाँ भएको अपाङ्ग पुनस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्