OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष १, २०७८जुम्ला,
४९८ पटक

मंसिर ५ गते, जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो बर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् ।

अघिल्लो वर्ष बलात्कारका ३ र यौन दुव्र्यवहारका घटना ५ गरी ८ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख गरिएका छन् ।
यस वर्ष २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कार ४ वटा घटना र यौन दुव्र्यवहार ५ वटा गरी ९ वटा घटना संकलित भएका छन् ।

बतात्कार तथा यौन दुव्र्यवहार ९ वटा घटना मध्ये मध्ये सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जना वालक सुधारगृह र एक जना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै जातीय विभेद सम्वन्धी एक घटना, बहुविवाहका दुई घटना, यातानापछि मृत्यु एक, अपहरण एक, हत्या एक गरी र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धी दुई वटा घटना गरी १७ वटा घटना संकलन गरिएका छन् । शिक्षा र खाद्य अधिकार सम्वन्धीका घटना पनि संकलन गरिएका छन् ।

मानवअधिकार वर्ष पुस्तकको बार्षिक पूर्व समीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिरोले पारेको क्षति लगायतका बिषयमा समेत प्रथामिकता राख्न सूझाव दिए । बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि कार्यविधि मात्रै बनेको छ । उनले भने अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकोले यसमा पनि समस्या देखिएको छ । यो विषयमा थप प्रकावकारी बनाउनका लागि जिल्ला विपद व्यवस्थापन समितिमा छलफल गर्ने छौँ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण साहनीले घटनाको पुष्टि हुने तथ्याक थप बलियो बनाउन सूझाउदै बढ्दो सड्क दुर्घटनाका बिषय पनि समेटन सूझाए । सडक र सवारी दुर्घटनाका कारण धेरै धनजनको क्षति भएको हुन्छ । यो राज्यसँग पनि जोडिएको कुरा भएकोले वर्ष पुस्तकमा समेट्दा उपयूक्त हुन्छ ।

 

प्रतिकृया दिनुहोस्