OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २२, २०७६जुम्ला,
६२० पटक

खलङ्गा चैत २२ गते । जुम्लाको तिला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबभत्ताबाट रु पाँच लाख रुपैयाँको विपत् कोष जम्मा गर्ने निर्णय गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसबाट जोगिन सबै जनप्रतिनिधि र कर्मचारीको श्रेणीअनुसारको पाउने तलब, भत्ताबाट विपत् कोषमा रकम जम्मा गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँले देश संकटमा गुज्रीरहेको अवस्थामा सवैले आफ्नो तहबाट व्यक्तिगत रुपमा भएपनि सहयोग गर्नुपर्ने अवस्थाले आएकोले गाउँपालिकाले यस्तो निर्णय गरेका हो ।
गाउँ कार्यपालिका सदस्य ४७ जना, शिक्षक एक सय २० जना र स्वास्थ्यकर्मी र अरु कर्मचारी गरी ७२ जनाको एक÷एक दिनको तलबभत्ता विपद् कोष स्थापना कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले थप्नुभयो । उपाध्यक्ष बुढाले भन्नुभयो पालिकाको विपद् कोषका लागि रु पाँच लाख रकम पहिलेको रहेको र बाँकी पाँच लाख रकम जनप्रतिनिधि र कर्मचारीको तलबभत्ताबाट जम्मा गरी रु १० लाख रकमको विपद् कोष बनाईएको छ ।
त्यसैगरी गाउँपालिकाले मास्क, सेनिटाइजर लगायतको औषधि खरिद गरेर वडाध्यक्ष मार्फत हरेक नागरिकको घरदैलोमा पु¥याउन थालिएको छ । ९ वडाका वडाध्यक्षलाई सामग्री हस्तान्तर गरिएको छ । गाउँपालिका भित्र रहेका दुई हजार ७ सय ७१ घर धुरीमा सावुन माक्स स्यानिटाइजर वितरण कार्य थालिएको छ ।
भारत तथा खाडीमुलुकबाट आउनेहरुका लागि अनिवार्य निगरानी केन्द्रमा राख्ने गरि विभिन्न ४ स्थानमा गरेर ५३ वटा निगरानी केन्द्र स्थापना गरेको छ । अहिले गाउँगाउँमा मास्क र साबुन पु¥याइसकेको छ ।
अतिविपन्नलाई खाद्यान्न दिने निर्णय
जुम्लाको तिला गाउँपालिकाले अतिविपन्न घरपरिवारलाई दैनिक उपभोग्य बस्तु खाद्यान्न उपलव्ध गराउने भएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले लकडाउनका कारण अतिविपन्न वर्गले ज्याला मजदुरी गरी छाक टार्न समस्या भएका घर परिवारलाई खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाले वडाध्यक्ष मार्फत अतिविपन्न व्यक्तिहरुको लगत संकलन गर्ने र विपद् व्यवस्थापन कार्यविधि अनुसार फाराम भरी आएका व्यक्तिलाई दैनिक उपभोग्य बस्तु उपलव्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष योगीले थप्नुभयो । अहिले लक डाउनका कारण उनीहरुलाई खाना खान समस्या भएको छ ।
जुम्लाको तिला गाउँपालिका उपध्यक्ष बुढाले गाउँपालिका भित्रका स्थानीय गाउँबस्तीमा पुगेर कोभिड–१९ रोकथाम सचेतना अभियान थाल्नु भएको छ । कोरोना संक्रमण फैलिनबाट जोगाउनका लागि हरेक गाउँबस्तीमा पुगेर माइकिङ गरी स्थानीयबासीलाई सचेतीकरण गर्दै आउनुभएको हो । गाउँ बस्तिमा कोरोना आफु होसियार भएमा नलाग्ने भन्दै घरदैलो गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्