OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २९, २०७८
७४० पटक

२९ मंसिर २०७८, बुधबार

नेपाली कांग्रेसको उपसभापतिका लागि भएको चुनावमा पूर्णबहादुर खड्कासँगै विजयकुमार गच्छदारले अग्रता लिएका छन् । सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ भने अहिले केही मतले पछाडि परेका छन् ।

पार्टी कार्यालय, सानेपामा भइरहेको मतगणनामा हालसम्म ३५५८ मत गणना भइसकेको छ । शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार सहेका खड्काले १६३४ मत पाएका छन् भने गच्छदारले १४४३ मत पाएका छन् ।

डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।

सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन् । अनलाईनखबरबाट

प्रतिकृया दिनुहोस्