कोरपाटी संवाददातामंसिर २९, २०७८काठमाडौं

५९६ पटक

२९ मंसिर २०७८, बुधबार
नेपाली कांग्रेसको उपसभापतिका लागि भएको चुनावमा पूर्णबहादुर खड्कासँगै विजयकुमार गच्छदारले अग्रता लिएका छन् । सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ भने अहिले केही मतले पछाडि परेका छन् ।
पार्टी कार्यालय, सानेपामा भइरहेको मतगणनामा हालसम्म ३५५८ मत गणना भइसकेको छ । शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार सहेका खड्काले १६३४ मत पाएका छन् भने गच्छदारले १४४३ मत पाएका छन् ।
सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन् । अनलाईनखबरबाट