OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर २८, २०७८जुम्ला,
५११ पटक

खलङ्गा मंसिर २८ गते, यहाँको तिला गाउँपािलकाका एक सय ८६ जना यूवालाई उद्यम विकास तालिम प्रदान गरिएको छ ।
यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले यूवा अध्यक्ष कार्यक्रम अन्तरगत तिला गाउँपालिकाले उद्यमशिल तथा वित्तिय साक्षरता तालिमलाई प्रथामिकता दिएको हो ।

तिला गाउँपालिका र राष्ट्रिय यूवा परिषदको आयोजनामा तिला गाउँपालिकाका १ देखी ९ वडाका १८६ जनालाई तालिम प्रदान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलका अनुसार मंसिर २० देखी शुरु भएको तालिम समापन भएको छ ।

तालिममा नविल बैंकले सहुलियत कर्जाको साझेदारी गर्न गर्न सहभागिता जनाएको छ । सहुलियत कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरिएको हो । गाउँपालिका अध्यक्ष सँग यूवा कार्यक्रम अन्तरगत यूवाहरुलाई व्यवसायी तथा उद्यमी बनाउने उद्देश्यका साथ सो तालिम दिईएको प्रमुख प्रशासकीय अधिकृत रावलले थप्नुभयो ।

तालिमको समापनमा प्रमुख अतिथि पूर्व पर्यटन राज्यमन्त्री वलबहादुर महतले गाउँपालिकाले उद्यमी दिने शिप दिएकोमा धन्यवाद ज्ञापन गर्दै तालिम अनुसारको शिप र व्यवसायी हुने अठोट गर्न तालिममा सहभागी यूवाहरुलाई सूझाव दिनुभयो । उहाँले ऋण लिने तर काम नगर्ने परिपाटी अन्त्य गरी उद्यमी वन्न सुझाउदै महत्वपूर्ण कार्यक्रम गरेकोमा तिला गाउँपालिका र राष्ट्रिय यूवा परिषदलाई धन्यवाद दिनुभयो ।

नेपाल नेपाल नोविल बैंकका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नोविल वैंकले उद्यम क्षेत्रमा सहजकर्जा लगानी गर्न प्राथमिकता दिएको भन्दै राम्रो व्यवसाय र योजना भएमा लगानी गर्न प्रथामिकता दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्यमशिल व्यवसायीक तालिम लिन उत्सुक यूवाहरु खुशी भएको भन्दै स्मार्ट व्यसायीक योजना सहित काम गर्न सूझाव दिनुभयो ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले धेरै यूवाहरु विदेशिने समस्याको निराकरण गर्न गाउँपालिकाका १८६ जना यूवालाई स्वरोजगार शिप दिएको र राम्रो व्यवसाय गर्न प्रयास गरे सहुलियत कर्जाका लागि वैंक सँग सम्झौता भएको जानकारी दिनुभयो । उहाँले दिगो विकास र आम्दानीका लागि उद्यमी बन्ने काम महत्वपूर्ण भएकाले आर्थिक समृद्धिमा जोड हुनेमा जोड दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले शिप विकास तालिम आवश्यक रहेको तर कार्यान्वयनमा जोड नदिए लगानी डुब्ने भएकाले ध्यान दिन जोड दिनुभयो । राष्ट्रिय यूवा परिषद नेपालका प्रतिनिधी श्यामकाजी खत्रीले यूवाहरुले व्यवसायिक योजना बजारलाई ध्यान दिएर अगाडि बढ्न सूझाव दिनुभयो । अर्को अहिले बचत भनेकै उद्यम विकास महत्वपूर्ण भएकोमा जोड दिनुभयो ।
गैरसरकारी संस्था नेपाल जुम्लाका अध्यक्ष अमरबहादुर रोकायाले सवै भन्दा महत्वपूर्ण व्यवसायीक योजना भएको बताउनुभयो । उहाँले व्यवसायीक योजना वेगर व्यवसाय सफल हुन नसक्ने भन्दै योजनामा ध्यान दिने बिषयमा जोड दिन सुझाव दिनुभयो ।

सहभागीले तालिम प्रतिफल मुखी भएकोले स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । तालिममा सहभागि कमल चौलागाईले गाउँपालिकाले नगद दिनुभन्दा शिप दिनु निकै महत्वपूर्ण भएकाले गाउँपालिकालाई धन्यवाद दिनुभयो । स्थानीय राजुकला थापाले शिप सिक्ने तालिमले आयआर्जनमा सहयोग गर्ने व्यवसाय गर्न सहयोग पुग्नेमा जोड दिनुभयो । तालिममा दुई दर्जन बढी महिलाहरु उद्यम सम्वन्धी तालिम सिक्न बच्चा बोकेर सहभागि भएका थिए ।

तालिममा राष्ट्रिय यूवा परिषद सँग गाउँपालिकाले गरेको समन्वयको आधारमा बरिष्ठ प्रशिक्षक अर्जुनप्रसाद भट्टराई, शुलोचना श्रेष्ठ, गिता सापकोट सहित १० जना जुम्ला पठाएको थियो । प्रशिक्षकहरुले ५ वटा समूहमा सहजीकरण गर्नुभएको थियो । तालिममा व्यसायीक योजना, वित्ीय साक्षरता, बजार विश्लेषण विषयमा प्रदान रुपमा सहजीकरण गरिएको प्रशिक्षक शुलोचना श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाले उद्यम क्षेत्रमा यूवालाई तालिमै दिएर कार्यक्रम तय गरेपछि स्वरोजगार वन्न तथा व्यवसाय गर्ने यूवाका लागि नोवेल वेंक सँग सम्झौता हुने गाउँपालिकाले जनाएको छ । सो कार्यक्रमा लागि केन्द्रीय अध्यक्ष उपेन्द्र पौडेल सहित वैंकका सिडिओ सुजित शाक्य, कर्णाली प्रमुख गोपि पाण्डे सहितको टोली तालिमको समापनमा जुम्ला पुगेर सहुलियत कर्जाका लागि वैंक तयार भएको प्रतिवद्धता जनाएका छन् ।

एक हप्ता सम्म संचालन भएको तालिममा सहभागि १८६ जना मध्य ६७ जना महिला यूवाहरु रहेको शिक्षा शाखा प्रमुख दिपेन्द्र हमालले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष सँग यूवा कार्यक्रममा रोजगारी दिने बिषयमा प्रथामिकता दिएका छौ । उहाँका अनुसार बैंक सँग २०७८ कात्तिक २५ गते सम्झौता भएको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्