OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर २६, २०७८जुम्ला,
१२१२ पटक

नेत्र शाही जुम्ला,
खलंगा मंसिर २६ गते, नेकपा एमालेका नेता रतननाथ योगी केन्द्रीय सदस्य हुनु भएको छ । नेता योगीले नेकपा एमालेको केन्द्रीय सदस्य मनोनयन भएको जानकारी दिनुभयो ।

जुम्ला तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी मनोनित हुनु भएको हो । एमालेको चिवतनमा सम्पन्न १० औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गरेपनि सहमतिमै पदाधिकारी टुंग्याउने भएपछि उम्मेदवारी भने दर्ता नगरिएको र पार्टीको निर्णयबाट आफु केन्द्रीय सदस्यमा मनोनित भएको अध्यक्ष योगीले जानकारी दिनुभयो ।

विद्यार्थी राजनिति देखि एमालेको राजनीतिमा होमिएका युवा नेता योगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको गरेको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिका मध्ये तिला गाउँपलिकामा एमालेको तर्फबाट अध्यक्ष योगी मात्रै निर्वाचित हुनु भएको थियो । जुम्ला बहुमुखी क्याम्पसका स्ववियू सभापति, नेकपा एमाले जुम्लाको सचिव हुदै पार्टीको विभिन्न पदमा रहनु भएका योगीको राजनिति जीवन यात्रामा केन्द्रीय सदस्य भएपछि थप राजितिक उचाई बढेको छ ।
जनआन्दोलन २०६२।०६३, स्वायत्त कर्णाली आन्दोलनमा समेत नेता रतननाथ योगीको महत्पूर्ण भूमिका रहेको छ ।

को निर्वाचनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिका मध्ये तिला गाउँपलिकामा एमालेको तर्फबाट अध्यक्ष योगी मात्रै निर्वाचित हुनु भएको थियो । जुम्ला बहुमुखी क्याम्पसका स्ववियू सभापति, नेकपा एमाले जुम्लाको सचिव हुदै पार्टीको विभिन्न पदमा रहनु भएका योगीको राजनिति जीवन यात्रामा केन्द्रीय सदस्य भएपछि थप राजितिक उचाई बढेको छ ।

जनआन्दोलन २०६२।०६३, स्वायत्त कर्णाली आन्दोलनमा समेत नेता रतननाथ योगीको महत्पूर्ण भूमिका रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्