OnlinePana

आज : २०८० मंसिर २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २६, २०७८काठमाडौं
८४४ पटक

२६ मंसिर २०७८, आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

आज जुम्लामा पुग्नुभएका राष्ट्रपति भण्डारीले शैक्षिक कार्यक्रमसहित रु.७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलन्यास गर्नुभएको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्मा, बीएनएस, बीएमएसलगायतका शैक्षिक कार्यक्रमहरुको औपचारिक पढाई शुरु भएको उपकुलपति डा.रावलले बताउनुभयो ।

प्रतिष्ठानको आजको कार्यक्रममा सरिक हुन कर्णाली प्रदेश प्रमुख तिलक परियार नेपाल सरकारका स्वास्थ्य जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्यामत्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा.रमेश ढकाल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, डा.गुणराज लोहनीको सहभागिता रहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्