OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २४, २०७८सुर्खेत
४६६ पटक

२४ मंसिर २०७८, शुक्रबार

राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)का केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले देशको स्वाधीनता बचाउन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात प्रगतिशील पार्टीहरुको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले एमसीसी मुलुकका लागि राष्ट्रघाती एमसीसी खारेज हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय स्वाधीनतालाई धरौटीमा राखेर सत्ता टिकाउने खेल भईरहेको छ । यो हामी प्रगतिशील र गणतन्त्रवादीहरुका लागि मान्य हुनै सक्दैन ।”

एमसीसी सम्झौतामा भएका प्रावधानहरु नेपाली जनताको हितमा नभएको भन्दै प्रतिगमनविरुद्धको पाँच दलीलय गठबन्धमा पनि यो छलफल भईरहेको उहाँले बताउनुभयो । उपाध्यक्ष शर्माले एमसीसी अगाडि बढाईए हालको गठबन्धनको सरकारबाट पनि समर्थन फिर्ता लिने चेतावनी दिनुभयो ।

अनुदान, दान, दातव्य, चन्दा जस्ता कुरामा कुनैपनि शर्त नहुने भन्दै उहाँले नेपालको कानून भन्दा माथि हुने गरी सार्वभौम संसदबाट एमसीसी पारित गर्नुपर्ने कुनै कारण नै नरहेको बताउनुभयो । राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदीले हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग एमसीसी पारित गरेर देशलाई साम्राज्यवादीहरुको चङ्गुलमा फसाउन खोज्नेहरुको विरुद्धमा देशव्यापीरुपमा दबाब सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी कर्णाली प्रदेश समिति ईञ्चार्ज शिपी शर्मा, नेपाल कम्युनिष्ट मसाल कर्णाली प्रदेश प्रतिनिधि मोहन थापा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समिति संयोजक श्याम कुँवर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश समिति अध्यक्ष दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी मालेका कर्णाली प्रदेश समिति सचिव बलबहादुर कुँवरलगायतले एमसीसी सम्झौता खारेजका लागि देशभक्त, बुद्धिजीविहरुलाई व्यापक सहभागिता जनाउन हार्दिक अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्