OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २३, २०७८
५३० पटक

खलंगा मंशिर २१ गते, जिल्ला निर्वाचन कार्यालय जुम्लाले फोटो सहितको मतदाता नामावली संकलन शुरु गरेको छ ।
कार्यालय प्रमुख महेश शर्माका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यालयले नामावली संकलन गरेको छ ।
उहाँका अनुसार पहिलो चरणमा तिला, तातोपानी र हिमा गाउँपािलका मतदाता नामावली संकलन गर्न टोली खटिएको छ ।

मतदाता नामावलीमा नाम नभएकाले निर्वाचनमा भोट हाल्न नपाउने भएपछि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई फोटोसहितको मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले निर्देशन गरे अनुसार जिल्ला मतदाता नामावली संकलन बिषयमा सचेतना कार्यक्रम गरि जानकारी समेत गरिएको छ ।

निर्वाचन कार्यालयले १८ वर्ष पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र लिएकालाई मतदाता नामावलीमा नाम लेखाउन पाउने बताएको छ । कार्यालयले १७ मंसिरदेखि तिन तहमा र दोस्रो चरणमा अन्य तहमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको हो ।

कार्यालय प्रमुख शर्माले भन्नुभयो, स्थानीय तहमा खटिएको टोलीले मतदाता नामावली संकलनको काम गर्नेछ । मतदाता नामावलीमा नाम हटाउन, सच्याउन, नयाँ अद्यावधिक गर्न र मतदान स्थल सार्न भने निर्वाचन कार्यालयमा स्वयं व्यक्ति आउनुपर्ने प्रावधान छ ।

तातोपानी, तिला, हिमा र गाउँपालिकाको केन्द्रमा निर्वाचन कार्यालयको नेतृत्वमा नामावली संकलन गर्न टोली खटिएको छ ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुरत गिरी तिला गाउँपालिकामा, हुलाक कार्यालयका कर्मचारी वालकृष्ण जैसी तातोपानी र गुठिचौर गाउँपालिकाको कर्मचारी प्रेम शाही हिमामा खटाईएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्