खलङ्गा चैत १८ गते । भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको छ । स्थानीय प्रशासनले सवै स्थानीय तहको सहयोगमा जिल्लाभरी भारत, तेस्रो मुलकबाट आएका व्यक्तिहरु र तिनिहरुको अवस्थाको वारेमा तथ्यांक संकलन गर्न थालिएको छ ।
सोमवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकिकृत तथ्यांक सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा तीन सय ७१ जना भारतबाट र १३ जना अन्य तेस्रो मुलुकबाट जुम्लाका नागरिक यस समयमा जुम्लामा भित्रिएका छन् । ति मध्य ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा रहेका छन् । यसैगरी ४६ जना होम क्वारेनईनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा रहेको छ ।
तीन हजार ८ सय बढिको तापक्रम जाँच ः
यसैगरी भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यो समयमा भित्रिएका ३ हजार ८ सय ७९ जनाको तापक्रम सहित विभिन्न हेल्प डेक्समा स्वास्थ्य जाँच गरिएको छ । उनिहरुलाई हेल्थ डेक्स नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल, हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेक्समा स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । अव जिल्लाको तथ्यांक हरेक दिन एकिकृत रुपमा आउने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार दिउसो ३ बजे स्थानीय तह र जनस्वास्थ्य कार्यालयले प्रतिवेदन दिने त्यसपछि प्रशासनले दैनिक अपडेट गर्ने भएको छ ।
संक्रमित सँगै जहाजमा उडेका एक यूवा क्वारेन्टाईनमा ः
सोमवार प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको जिल्ला स्तरको कोभिड नियन्त्रण कमाण्ड टिमको आकस्मिक वैठक बस्यो । सो वैठकमा जिल्लाका भएका गतिविधी र गृहमन्त्रालयको निर्देशनको बिषयमा समिक्षा भयो । सो वैठकमा हाल संक्रमित भएका एक व्यक्ति सँग जुम्ला कनकासुन्दरीका एक यूवा दिल्लीबाट जहाँज संक्रमित व्यक्ति सँगै आएको भन्ने थाहाँ भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ । प्रहरी स्रोतको माथिल्लो निकाएले दिएको निर्देशन अनुसार ति यूवा कहाँ छन् खोजेर जानकारी दिन भनेपछि होम क्वारेन्टाईनमा रहेको जानकारी प्राप्त भएको छ । उनि काठमाण्डौमै रहेको र अहिले होम क्वारेन्टाईनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । ति यूवा र परिवार प्रहरीको सम्पर्कमा रहेको उहाँले थप्नुभयो ।
जुम्लामा भारत र तेस्रो मुलुकबाट आएकाको तथ्यांक खोज्दै प्रशासन : ७२ जना क्वारेन्टाईनमा
संक्रमित सँगै जहाजमा उडेका जुम्लाका यूवा होम क्वारेन्टाईनमा :
नेत्र शाही चैत्र १८, २०७६जुम्ला ,
३७८ पटक
- प्रदेश (क) माओवादी नेतृत्वका जनप्रतिधिको एकैसाथ प्रगति सार्वजनिक
- रास्वपालाई जनताको ईन्द्रेणी बनाउँछौंः संयोजक थानी
- कर्णालीमा फुटवलको जनशक्ति उत्पादन गर्न ‘यौद्धा फुटबल एकेडमी,
- २० लाख मुनिको ऋण मिनाह गरिदिने दुर्गा प्रसाईको आश्वासन
- विधुत लाईन परीक्षण सम्बन्धी अन्यन्त जरुरी सूचना
- माओवादीको आठ स्थानीय तहमा वैठक तथा प्रशिक्षण सम्पन्न
- जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने
- शिक्षा, समाज र भविष्य
- सार्वजनिक शिक्षा सुधारका लागि दश जिल्लाका तेह्र विद्यालय छनोट
- प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री पद दावी गर्न आह्वान