२२ मंसिर २०७८, बुधबार
“कर्णाली पानी बगिरहेको छ, बिडम्बना घरहरु अँध्यारा छन् । नेपालमा बत्ती बलेको शताब्दी बितिसक्यो तर हाम्रा बस्तीहरु आज पनि अँध्यारोमा गुम्सिएका छन् । हामीलाई पनि बत्ती बाल्ने रहर छ” जस्ता नाराहरु लेखिएका प्ले कार्डसहित मंगलबार राजधानी काठमाडौंमा फरक प्रकृतिको दृश्य देखियो ।
दृश्यले सरोकारवाला निकायलाई दबाब दिईरहेको थियो यद्यपि अराजक र भययुक्त तवरबाट होइन, अपितु ऐतिहासिक सिंजा सभ्यता झल्काउने सुशोभित शैलीको साँस्कृतिक मनोरञ्जनबाट । शान्तिवाटिकाबाट शुरु भएको साँस्कृतिक झाँकीसहितको ¥यालीले केही समय रत्नपार्कमा सडक अवरुद्ध पनि ग¥यो तर सडक जाममा परेकाहरुले दिक्क मान्ने भन्दा बढी आनन्द लिएको अनुभूति हुन्थ्यो ।
जुम्लालगायत कर्णालीका जिल्लाहरुमा विद्यमान बिजुली संकटको अवस्थालाई विद्युत प्राधिकरण र सरोकारवालालाई सुनाउन जुम्लाले उक्त कार्यक्रम आयोजना गरेको थियो । सिंजा सभ्यतासँग जोडिएको साँस्कृतिक झाँकीसहित जुम्ली जनताद्वारा आयोजित भनिएको कार्यक्रमको अगुवाई जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले गर्नुभएको थियो ।
सांसद महत अगुवाईको साँस्कृतिक झाँकीसहित प्ले कार्ड बोकेको ¥यालीले हामीलाई बत्तीको मिटर देउ, २० युनिट सहुलियत बिजुली भन्दा तत्काल पोल र तारको व्यवस्था गर, ट्रान्सफरमरको व्यवस्था गर, सबै घरमा बत्ती पु¥याई देउ, कर्णालीलाई नियमित बत्ती कहिले ?, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हो है ? हाम्रा खोलाको बत्तीको रोयल्टी बुझेको भए पैसा लिएर आउथ्यौं तर हामीसँग झाँकी थियो त्यही लिएर आयौं, जस्ता नारा समाहित प्ले कार्डले सबैको ध्यानाकार्षण ग¥यो ।
नेपालमा जलविद्युतको उत्पादन र उपभोगको एक शताब्दी पुगिरहँदा काठमाडौं उपत्यकाको जस्तै सम्पन्न संस्कृति एवं इतिहास बोकेको जुम्ला र सिंजा उपत्यका अहिले पनि अँध्यरोमा रहेको भन्दै ¥यालीमा सम्मिलित कर्णालीवासीले सिंहदरवारको आलोचना गरिरहेका थिए । प्रचुर जलउर्जाको सम्भावना भएका तिला, हिमा र जवा नदी तथा तिनका सहायक खोलाहरmको जल खेर गइरहेको तर जनताहरु अँध्यरोमा कहिलेसम्म ? भन्ने उनीहरुको प्रश्न थियो ।
¥यालीमा सहभागी जुम्ला सिंजाका स्थानीय पूर्णप्रसाद धितालले कुलमान सबैको भरोसा योग्य व्यक्ति ठानेको तर उहाँ पनि शक्तिको पुजारी जस्तो महसुस भएको प्रतिक्रिया दिनुभयो । जुम्ला शासकीय अभ्यासमा रहँदा नामसमेत नसुनेका स्थानमा पँहुचको भरमा निकै परिवर्तन आएतापनि इतिहासमा राजा, राणा र अहिलेका नवराजाहरुको गिद्दे दृष्टिले सुन्दर र समृद्ध कर्णालीको खुशी लुटेको धितालले आरोप लगाउनुभयो ।
कान थुनेको सरकारलाई सुनाउन नौ नगरा पञ्चेबाजा
सांसद महतले कर्णालीका समस्या सिंहदरबारले सजिलोसँग नसुन्ने भएकोले नौ नगरा र पञ्चेबाजासहित आउनु परेको बाध्यता सुनाउनुभयो । “अब नियमित तरिकाले पृथक शैलीमा कर्णालीका मागहरु राज्यका निकायमा प्रस्तुत गर्छौं,” उहाँले भन्नुभयो, “मैले संसदमा पटक पटक संविधानको मर्म बमोजिम विकासका गतिविधि अगाडि बढाउन आग्रह गरेको छु ।” हाम्रो आग्रह नव अवसारवादीहरु सुन्न तयार नभएकोले अत्यन्तै सभ्य शैलीमा विरोध गरेको सांसद महतले बताउनुभयो ।
कुलमानले आफु सक्षम भएको दावी गरेपनि उहाँ शक्ति केन्द्रको चाकडीवाज भएको आक्रोश उहाँले पोख्दै महतले भन्नुभयो, “मैलै जुम्लाको बत्तीको समस्याका बारेमा भेटेर कुरा गर्न खोज्दा पनि भेट्न नचाहने कुलमान जी शक्ति नेताहरुको जिल्लामा भने खसी काटेर रात दिन काम गरिरहेका छन् । उनी कर्णाली विपन्न र पछि परेको क्षेत्रमा काम गर्दा मेरो के हुन्छ भन्ने जस्तो निकै गैर जिम्मेवार सोच राख्दछन् ।”
कुलमानसँग आफ्नो कुनै व्याक्तिगत माग नभएको तर कर्णालीका नागरिकको लागि केही गरौं भन्दा उहाँले सहयोग नगरेको सांसद महतको गुनासो थियो । कुलमान जीका शहर केन्द्रीत योजनाले उहाँलाई सेलिब्रेटी बनाएको तर २० यूनिटसम्मको बत्तीको निःशुल्क गर्ने योजनाले बत्ती नै नपुगेका ग्रामीण क्षेत्रका जनतालाई हर्ष न विस्मात हुने भन्दै उहाँले निर्देशक घिसिङलाई प्रथमतः देशैभर विद्युत विस्तार गर्न सुझाव दिनुभयो ।
मूलतः अरु आन्दोलन एवं विरोध ¥याली भन्दा फरक र सभ्य देखिने कर्णालीको साँस्कृतिक ¥याली सबैको चाँसोको विषय बनेको थियो । सामाजिक अभियान्ता हरिहर न्यौपानेले शान्तिपूर्ण तरिकाले पनि माग राख्न र बुझाउन सकिन्छ भन्ने सभ्य उदाहरण कर्णालीले प्रस्तुत गरेको बताउनुभयो । “यस कार्यक्रमले दबाब सृजना गर्नुका साथै राज्यको सम्पति क्षति हुनबाट बचाएको छ । ठूला दलले कर्णालीबाट सिक्नुपर्छ ।” अभियान्ता न्यौपानेले भन्नुभयो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशमा रहेको उर्जा संकट समाधानमा उल्लेख्य भूमिका खेलेको प्रतिक्रिया दिँदै उहाँले सबै क्षेत्रमा जल उर्जाको पहुँचमा वृद्धि गरी उद्यमशीलता विकास र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउन सकिने जनाउनुभयो । सांसद महत नेतृत्वको टोलीले कर्णालीमा सडक क्षेत्रमा भोग्नु परेका समस्या र समाधानको पहलका लागि दबाब दिन आज सडक विभागमा समेत दवाब दिएको छ ।
¥यालीमार्फत जुम्लासहित कर्णालीका ग्रामीण बस्तीहरुमा यथाशीघ्र विद्युत प्रसारण लाईन विस्तार, प्रसारण लाइन पुगेको क्षेत्रमा तत्काल मिटरलगायत आवश्यक सामग्री उपलब्ध, विद्युत आयोजनाको संभाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन बनेका आयोजनाको जतिसक्दो निर्माण कार्य सुचारु, ३३ केभी प्रसारण लाइन निर्माण कार्यमा तदारुकता, ११ केभी लाईनको भोल्टेज उतार चढाव समस्या समाधान र जुम्ला विद्युत प्राधिकरण कार्यालयलाई साधन स्रोत सम्पन्न गरियोस् भन्ने छ बुँदे ज्ञापन पत्र प्राधिकरणमा बुझाईएको छ ।