OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर २१, २०७८काठमाडौं
१००५ पटक

काठमाण्डौ, मंशिर २१ गते ।

काठमाण्डौको शान्ति बाटिका देखी नेपाल विधुत प्राधिकरणको कार्यालयमा मंगलबार फरक प्रकृतिको आन्दोलन देखियो । दिउसो १ :०० बजे म त्यहाँ पुग्दा जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सड्क छेउमा उभिनु भएको थियो । उहाँ सँग केही केही यूवाहरु प्लेकार्ड तयार गरिरहेका थिए ।

मंशिर महिनामा पनि दिउसोको चर्को घाममा शान्ति वाटिमा एक दुई जना र समुह गर्दै जुम्ला निवासीहरुको सहभागिता बढ्यो । केही छिनमा व्यानर टासियो । अर्को २० मिनेट भित्र शान्ति वाटिकामा मानिसहरुको संख्या बढ्दै गयो ।

केही छिनमा जुम्लाबाट आएको पञ्चेवाजाको टिमले शान्तिावटिका रंगिन बनायो । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही, नेकपा माओवादी केन्द्र सिञ्जाका ईन्चार्ज पूर्ण प्रसाद धिताल नेतृत्वको टिम सहित पञ्चेवाजाको टिम ४० घण्टाको जुम्ला देखी काठमाण्डौको यात्रामा सिधै शान्ति बाटिका पुगेर कार्यक्रममा सहभागि हुनु भयो ।

मंगलबार राजधानीमा भएको एक फरक प्रकृतिको कार्यक्रमले राजधानीका मानिसलाई अच्चमित बनायो । मुख्य बजारमा शान्ति वाटिका, रत्नपार्क क्षेत्र हुदै विधिुत प्राधिकरणमा पञ्चेवाजा, प्लेकार्ड सहित सड्कमा रौनक छायो । अगाडि बाजाको टोली पछाडि जुम्लावासीको लहरले त्यहाँ खटिएको प्रहरी पनि अन्यौलमा भयो । धरपकट गरौ बाजागाजा सहित सडक रंगिन छ । नगरौ १५ मिनेट मख्य सड्कको यातायात प्रभावित भयो । प्रहरीले सकेजति छेउवाट गाडि पठाउने प्रयास गरेपनि त्यहाँ पुगेका गाडि र यात्रुहरु समेत त्यो बाजा हेर्न थाले ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विधुत पुग्यो तर आवश्यक व्यवस्थापन हुन नसकेको र गाउँ गाउँमा पुरयाईनुपर्ने ध्यानार्षण सहित राज्यलाई यसपटक फरक तरिकाले ध्यानाकर्षण गर्नुभयो । जसका लागि कर्णालीको पञ्चे वाजा ल्याएर शान्तिवाटिका देखी विधुत प्राधिकरणको ढोका अगाडि एक ध्यानाकर्षण गरिएको थियो ।

सांसद महतले तयार पारेको ज्ञापन पत्र बुझाउन नेपाल विधुत प्राधिकरण गाडि बाजा बजाउदै कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रांगणमा बोलाईयो । तर एक घण्टा सम्म तल नआएपछि ज्ञापन पत्र टासेर गेट सांसद महत वाहिरिनु भएको थियो । सांसद महत माथी र घिसिङ तल नअाएपछि  एक घण्टा खैलावैला भयाे । तल्लाे तहका कर्मचारी सांसद महतलाई माथि वाेलाउन हर पहल गरिरहेका थिए ।  प्रहरी  पनि सहजीकरण गर्दै थिए । फेरी सांसद महतलाई भित्र वोलाएर निर्देशक घिसिङले विधुत नियमितका लागि पहल गर्ने, मिटरका लागि तत्काल ठेक्का गर्ने प्रतिवद्दता जनाउनु भयाे ।

मंगलबार राजधानीमा भएको एक फरक प्रकृतिको कार्यक्रमले राजधानीका मानिसलाई अच्चमित बनायो । मुख्य बजारमा शान्ति वाटिका, रत्नपार्क क्षेत्र हुदै विधिुत प्राधिकरणमा पञ्चेवाजा, प्लेकार्ड सहित सड्कमा रौनक छायो । अगाडि बाजाको टोली पछाडि जुम्लावासीको लहरले त्यहाँ खटिएको प्रहरी पनि अन्यौलमा भयो । धरपकट गरौ बाजागाजा सहित सडक रंगिन छ । नगरौ १५ मिनेट मख्य सड्कको यातायात प्रभावित भयो । प्रहरीले सकेजति छेउवाट गाडि पठाउने प्रयास गरेपनि त्यहाँ पुगेका गाडि र यात्रुहरु समेत त्यो बाजा हेर्न थाले ।

सांसद महतले जुम्लामा विधुत पुरयाईनुपर्छ भन्ने हिसावले लामो संघर्ष सरकार सँग गर्नुभयो । अहिले जुम्लामा विधुत कालिकोटबाट ११ केभीको विधुत पुगेको छ । तर पावर कम हुने समस्या पनि छ । यस्तै सांसद महतले पछिल्लो समयमा गाउँगाउँमा बत्ति पुरयाउन आवश्यक रहेको बताउनुभयो ।

काठमाण्डौको मुख्य सड्क रत्नपार्कमा निकालिएको बाजा  यालीको पुलवाट समेत मानिसहरुले निहाली रहेका थिए ।

यस्ता छन् प्राधिकरणलाई दिएको ज्ञापन पत्रका माग :

१) जिल्लाका सम्पूर्ण बस्तीहरुमा यथासिघ् विधुत प्रसारण लाईनको बिस्तार गरियोस ।
२) विधुत प्रसारण लाईन पुगेका क्षेत्रमा चाडो भन्दा चाडो आवश्यक सामग्री उपलब्ध गराईयो
३) जिल्ला भित्र अनवरत रुपमा जल प्रवाह भईरहेका नदि तथा खोलाहरुमा खेर गईरहेको जल उर्जा प्रयोमा ल्याउनका लागि नयाँ सम्भावित आयोजना क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, जिल्ला भित्रका भित्र सम्भाब्यता अध्ययन भएका आयोजनाको बृस्तृत परियोजना प्रातिवेदन तयार गर्ने, बृस्तृत परियोजना तयार भएका योजनाको यथासिघ्र निमार्ण कार्य गरियोस ।
४) ३३ केभी प्रसारण लाईन विस्तार निर्माण कार्यमा भएको ढिलाईको अन्तय गरी सिघ्र कार्य सम्पादन गरियोस ।
५) ११ केभी लाईनमा भएको भोल्टेज उतार चढाव समस्या सामाधान गरियोस ।
६) जुम्लामा भएको विधुत प्राधिकरणलाई कार्यालयलाई स्रोत साधन बनाई व्यवस्थि गरियोस ।

बुधवार सडक विभागमा कर्णाली राजमार्ग, नाग्म गमगडि राजमार्गको बिषयमा ध्यानाकर्षण गराउन समेत ध्यानाकर्षण गराउने जानकारी कार्यक्रम रहेको छ । लामो समय देखी सडक स्तरबृद्धि नहुदा नाग्म गमगडि राजमार्गमा दुर्घटना बढ्नथालेका छन् । अर्को रारा र सिञ्जा आउने पर्यटक समेतले सास्ति पाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्