OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १५, २०७८
६८५ पटक

१५ मंसिर २०७८, बुधबार

मध्यपश्चिम विश्वविद्यालयकोे एघारौं सभाको बैठक प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार काठमाडौंमा सम्पन्न भएको छ । आज प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उपस्थितिमा सम्पन्न भएको विश्वविद्यालयले बताएको छ ।

विश्वविद्यालयको एघारौं सभामा स्वागत मन्तव्य एवं विषय प्रवेश मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले प्रस्तुत गर्नुभएको थियो । रजिष्ट्रार प्रा.डा.नारायणप्रसाद पौडेलले सभाको सहजीकरण गर्नुभएको थियो ।

उक्त बैठकमा विभिन्न प्रदेशदेखि संघीय सांसदको उपस्थिती रहेको थियो । त्यसैगरी, बैठकमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, त्रिभुवन, पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्य र रजिष्ट्रारको उपस्थिति रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्