OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७८सुर्खेत
४६३ पटक

२०७८ मंशिर १५ गते,

सुर्खेत अपंगता भएका ब्यक्तिका सवाल उठान गर्न अुनुरोध गर्दै पत्रकारलाई कलम बितरण गरिएको छ । राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कर्णालीले डिसेम्वर ३ मा परेको ३० औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्याको अवसरमा पत्रकारहरुलाई कलम बितरण गरिएको हो ।

“हाम्रो प्रथामिकताको आधार अपाङ्गता भएका ब्यक्तिको अधिकार” भन्ने मुलनाराका साथ यस वर्षको अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्यताका मनाउदै छ । अपाङ्गता भएका ब्यक्तिलाई कोरोनाले पारेको प्रभावका बिषयमा कलम चलाउनु पर्ने राष्ट्रिय अपांङ्ग महासंघ नेपाल कार्णाली प्रदेश अध्यक्ष बिष्णु प्रसाद शार्माले बताउनु भयो । उहाँले अपांगता भएका ब्यक्ति शिक्षा स्वास्थ्य जस्ता अधारभुत्त आबश्यताबाट बञ्चित भएका छन । यसलाई खरो रुपमा पत्रकारले उठान गर्नु पर्नेछ ।

संघियतापछि अपांगता भएका ब्यक्ति उपेक्षामा गरेको बताउनुभयो । उहाँले कर्णालीका संञ्चारमाध्यमले अपांगता भएका ब्यक्तिको सवाललाई प्रथामिक्ता नदिएको बताउनु । उहाँले अपांगता भएका ब्यक्तिले केही गर्न सक्दैनन भन्ने मानसिकता समाजमा अहिले पनि रहेकाले उनीहरुको दैनिकी समस्यामा परेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कर्णालीमा मात्रै कुल जनसंख्याको ४ प्रतिशत नागिरक अपांगता भएका छन । गाउमा आएको सिहंदरवारले पनि अपांगता भएका ब्यक्तिका लागी काम गर्न सकेका छैनन ।
अध्यक्ष शर्माले राज्यले ब्यवस्था गरेअनुसार अपांगता भएका ब्यक्ति कुनै पनी जनप्रतिनिधि छैनन । कर्णाली प्रदेशमा दुई तीन जना अपांगता भएका ब्यक्तिले एसइई पास गरेका छन । उनीहरुका लागी शिक्षा दिने दशजनशक्ति नभएकाले बञ्चित भएका छन । युएसआइडी र अपांग शसक्तिकरण केन्द्र , शिक्षा परिजनाको आर्थिक सहयोग र राष्ट्रिय अपांङ्ग महासंघ नेपालको आयोजनामा सुर्खेतको होटेल डि नमस्तेमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बिहीवार अपांगता भएका ब्यक्ति बिच पढाई प्रतियोगिता समेत गरिने भएको बताएको छ । त्यस्तै शुक्रबार अपांगता भइएका ब्यक्तिको हकअधिकारको माग गर्दै ¥याली निकालेर सभा गरिने भएको छ । हरेक बर्ष अग्रेजी तारिख ३ डिसेम्बरमा अन्तराष्ट्रिय अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस मनाईदै आएको छ ।

प्रतिकृया दिनुहोस्