OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १२, २०७८काठमाडौं
७४० पटक

१२ मंसिर २०७८, आईतबार

चितवनको सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलविरोधमा नाराबाजी लगाईएको छ ।

आज बिहान १०ः०० बजेका लागि बोलाइएको बन्दसत्र यतिबेलासम्म शुरु हुन सकेको छैन । नेताहरुसँग दिनभर छलफलमा लागेका ओली सहमतिको प्रयास पछि भर्खर बन्दसत्र स्थलमा पुग्नुभएको छ ।

त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उहाँको पक्षमा नाराबाजी गरेका थिए ।

उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलविरुद्ध पनि चर्को नारा लगाएका छन् । पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्ने नारा उनीहरुले बन्दस्थल परिसरमा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्