OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७८काठमाडौं
९७० पटक

९ मंसिर २०७८, बिहीबार

सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ ।

सोही मन्त्रालयका सहसचिव भूपेन्द्र थापालाई प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश, सुर्खेत, नरेन्द्रकुमार रानालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, बुटवल, रामकृष्ण अधिकारीलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौंडा पठाइएको छ ।

अनलाईनखबरबाट

प्रतिकृया दिनुहोस्