OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७८जुम्ला,
८७२ पटक

खलंगा मंशिर ९ गते, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले पछिल्लो समय हिंसाका स्वरुपहरु बदलिदै जादा लैंगिक हिंसा बढ्दै गएको बताउनु भएको छ ।

नोभेम्बर २५ अर्थात लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकाको अभियानको उद्धाटन गर्दै उहाँले समाजमा हिंसाका प्रकृति बदलिने भएकाले समस्या भईरहेको जानकारी दिनुभयो । आक्रमण मात्रै नभई नदेखिने प्रकारका हिंसा समेत रोक्नमा सवै सचेत हुनु पर्नेमा जोड दिनुभयो । जिस्काउनु, अपमान शब्दले बोल्नु लगायतका हिंसाहरु समेत समाजमा बढेको बताउनुभयो ।

अफ्रिकन मुलुकका महिलाहरुले बोल्न नपाउने अधिकार विरुद्धको अभियानमा शुरु भएको यो अभिायन नेपालमा शुरु भएको अव स्थानीय सरकार सहित सरोकारवाला निकायहरुले शशक्त रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले स्थानीय तहमा धेरै जिम्मेवारी आएकाले स्थानीय सरकारलेनै बढि प्रवर्धनका कार्यक्रम गर्न राम्रो हुनेमा सुझाव दिनुभयो । उहाँले यसका लागि स्थानीय अगुवा, सरोकारवाला, मिडिया सहित सरोकारवाला निकायहरुको सहयोग आवयश्यक रहेको बताउनुभयो ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय सरकारले लैगिक हिंसा विरुद्धका अभियानहरु अगाडि बढाईएको र यसमा नगरपालिका, गैरसरकारी सस्था र सरोकारवाला निकायहरु सँग सहकार्य भएको र छलफल भएको जानकारी दिनुभयो । उहाँले यस अभियानमा सहयोग गर्न सवैलाई अनुरोध गर्नुभयो ।

नगरस्तरीय लैगिक हिंसा न्यूनिकरण समितिका संयोजक उमादेवी उपाध्यायले नगरपालिकाले विभिन्न कार्यक्रमहरु तय गरेकाले सवै सरोकारवालाहरुको साथ सहयोग रहेको बताउनुभयो ।

पछिल्लो समय स्थानीय सरकारले लैगिंक हिसा विरुद्धको अभियान र सचेतना दिन शुरु गरिएको छ । स्थानीय सरकारले आ आफ्नो तहमा दिवश मनाउन थालेका छन् ।
यहाँको चन्दननाथ नगरपालिका सहित स्थानीय तहहरुले १६ दिने लैगिंक हिसा विरुद्धको अभियान शुरु गरेको हो ।

“घरबाटै शुरु गरौ, महिला हिंसा अन्त्य गरौ ” भन्ने मुल नाराका साथ शुरु गरिएको अभियानमा, स्थानीय प्रशासन, प्रहरी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । उद्धाटन कार्यक्रममा सवैलाई सेतो रिवन हिंसा अन्त्यको प्रतिक वितरण तथा शुभकामना मन्तब्य समेत गरिएको छ ।

यसैगरी चन्दननाथ नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।सहायक महिला निरीक्षक पुष्पा थापाका अनुसार १० वटा वडा र ८ वटा माध्यािमक विद्यालयमा सचेतना कार्यक्रम, १७ गते अपांगता दिवश, १९ गते स्वयंसेवक दिवसमा सचेतना, वक्तित्वकला तथा हिंसा पिडित व्यक्तिलाई राहात वितरण कार्यक्रम गर्ने तय भएको छ । यस अभियानमा विभिन्न साझेदार संस्थाको सहयोग समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्