चैत्र १५, २०७६

४२१ पटक

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएको देवकोटाले बताए । उनको अवस्था सामान्य रहेको पनि देवकोटाले बताए । ती युवती बागलुङकी हुन् ।