OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ६, २०७८काठमाडौं
६१० पटक

६ मंसिर २०७८, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको छ । मुख्यमन्त्री शाहीसँग प्रधानसेनापति शर्मा नेतृत्वको टोलीले आज भेटघाट गरेको हो ।

भेटघाटको अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापहरूमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे ब्रिफिङ गर्नुभएको थियो । आगामी दिनमा कर्णाली सरकारसँग नियमित समन्वयमा रही काम गर्न ईच्छुक रहेको विचार व्यक्त गर्दै उहाँले कर्णाली करिडोरअन्तरगत सल्लिसल्ला खण्डको सात किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीको अनुरोधमा नेपाली सेना हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्न समेत राजी भएका बताइएको छ । त्यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग खण्ड, नाग्म–जुम्ला–गमगढी, खुलालु–सल्लिसल्ला सडक खण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्