OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ६, २०७८जुम्ला,
७६६ पटक

खलंगा चैत्र २५ गते ।

नेकपा माओवादी केन्द्र जुम्लाको ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंशिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्य ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका ईन्चार्ज गोमा कुँवरका अनुसार हाल सम्म ५२ वडाको नेतृत्व चयन भईसकेको र वाँकी एक दुई दिनमा नौ वडाको सकिने भएको छ ।
माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश –ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भईसकेको छन् ।
यता गुठिचौर गाउँपालिकाका ईन्चार्ज भवानी प्रसाद अधिकारीका अनसार गुठिचौरका ५ वडा मध्य ४ र ५ गते दुई वटा वडाको सम्मेलन सहित नेतृत्व चयन भईसकेका र वाँकी ३ वडाको भईरहेका छन् ।
चन्दननाथ नगरपालिका अध्यक्ष ललितजंग महतका अनुसार चन्दननाथ नगरपालिकाका वडा नम्बर ५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको जानकारी दिनुभयो ।

यता पातारासी गाउँपालिकाका ४ वटा वडा सम्मेलनबाट नेतृत्व भईसकेको वाँकी तयारी भईरहेका नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सवैवडामा सहमतिको आधारमा नेतृत्व चयन गरिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्था अनुसार वडा स्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटि १९ सदस्यीय, सेल कमिटि १५ जनाको गठन गरिएको छ । पूर्वराज्इमन्त्री कुँवरका अनुसार स्थानीय तहमा पालिका कमिटी ५५ जनाको हुने र नेकपा माओवादीको केन्द्रीय सर्कुलर अनुसार ११ गते पालिका स्तरीय सम्मेलन हुने भएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका २ मा माओवादीको वडा सम्मेलन तस्बिर मिन भण्डारी

प्रतिकृया दिनुहोस्