OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर १, २०७८जुम्ला,
५२५ पटक

मंशिर १ गते, नेपाली कांग्रेस जुम्लाको सात औ जिल्ला अधिवेशन शुरु भएको छ । नेपाली कांग्रेसले औपचारिक कार्यक्रम गरि अधिवेशन शुरु गरेको छ । अधिवेशनको उद्धाटन नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री दिनवन्धु श्रेष्ठ र संविधनसभा सदस्य ललितजंग शाहीले गर्नु भएको थियो ।

श्रेष्ठले दियो वालेर तथा शाहीले व्यानर पढेर अधिवेशन उद्धाटन अधिवेशन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले अधिवेशनको शुभकामना दिदै नयाँ कार्यसमितिको चयन सहमति र एकताको आधारमा हुने प्रयास गरिने बताउनुभयो । उहाँले एकता नै महत्वपूर्ण भएकाले सहमतिमा जानुपर्ने नत्रभने लोकतन्त्रको स्वस्थ्य र सुन्दर पक्ष निर्वाचनबाट मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
संविधानसभा सदस्य तथा कांग्रेस जुम्लाका बरिष्ठ नेता ललितजंग शाहीले सहमति हुन्छ भने जुनसुकै त्याग गर्न तयार भएकोमा जोड दिनभयो । उहाँले आफुलाई जुम्ली जनताले संविधान लेख्न दिएको जनादेश कहिल्यै नभुल्ने बताउनुभयो ।

जिल्ला सभापति दिपबहादुर शाहीले पार्टी भित्र भएका काम तथा प्रगतिको समिक्षा वन्दसत्रमा हुने भन्दै सक्षम नेतृत्व निर्माण गर्न तथा सहमतिका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा भएका कामहरुको समिक्षा र सूझाव दिन सकिनेमा दुईमत नभएको जानकारी दिनुभयो ।

पार्टी सचिव कर्णबहादुर शाहीले खरायो र कछुवाको पानी र जमिनमा भूमिका महत्वपूर्ण भएकाले सहमति सहकार्यमा जान सभापति दिपबहादुर शाहीलाई कटाक्ष दिनुभएको थियो ।
चन्दननाथ नगरपालकाका मेयर कान्तिका सेजुवालले १८ महिना लामो समयदेखी महामारीको विरद्धको संघर्षमा हामी सवै लागि रहेको समयमा आफुलाई पार्टीले गरेको सहयोगले नगरक्षेत्रमा बढि समय व्यतित गरेका कारण व्यापक रुपमा जनताको माझमा जान नसकेको भन्दै अव डटेर लाग्ने बताउनुभयो ।

अधिवेशनको उद्धाटनमा पार्टीका नेताहरु सहित समकक्षी राजनिति दलका नेताहरुले उद्धाटन सत्रमा शुभकामना दिनु भएको थियो ।

कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, सचिव तथा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, प्रदेश(क) सभापति तथा पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरा, प्रदेश ख सभापति कालिबहादुर बुढा, नेता खड्क सेजुवाल, धनबहादुर बस्नेत, देवेन्द्र शाही, नगरसभापति रवि थापा, पूर्व नगरसभापति पदमबहादुर शाही, तरुणदलका नेता दिपेन्द्र हमाल, नेविसंघका सभापति डिल्ली हमाल, शिक्षक संघका जिल्ला नेता गजबहादुर शाही सहितका नेताहरुले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्