OnlinePana

आज : २०८२ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक ३०, २०७८
७४० पटक

३० कार्तिक २०७८, मंगलबार

कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

मन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष आज शपथ ग्रहण गर्नुभएको छ । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा लाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्य बनेको छ । शाही मुगु ख बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मन्त्री शाहीले आजै पदबहाली गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा (एकीकृत समाजवादी) पार्टी कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्