OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ३०, २०७८जुम्ला,
५९० पटक

कात्तिक ३० गते । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । मुगुको गमगढी बजारमा गए राती आगलागी हुँदा बजारमा रहेका घरहरु जलेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार राति १२ः३० बजे आगो लाग्न सुरु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार आगलागीबाट २१ घर जलेका र अहिले आगो नियन्त्रणमा आएको बताउनुभयो । उहाँले आगो फैलिन नदिनका लागि एउटा घर भत्काउनुपरेको जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट १७ घर र तीन वटा घुम्ती जलेको तथा एउटा घर आगो फैलिन नदिन भत्काइएको छ ।

एउटा घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ । उहाँले आगलागी नियन्त्रण प्रहरी नेपाली सेना, स्थानीयको सहयोगमा लिएको बताउनुभयो । उहाँले आगलागीबाट कति क्षति भएको छ भनेर विवरण सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।

प्रजिअ महतका अनुसार जिल्ला विपत व्यवस्थापन समितिको वैठक बसेर राहात तथा क्षेतीको माग गरेको छ । उहाँका अनुसार स्थानीय सरकारले तत्काल राहात दिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्