OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही चैत्र १५, २०७६जुम्ला,
३४५ पटक

खलङ्गा फागुन चैत १५ गते । जुम्लामा भारतवाट आएका ४२ जना क्वारेन्टाईनमा राखिएको छ । यहाँको हिमा गाउँपालिकामा ३२ जनालाई क्वारेन्टाईमा राखेको छ । हिमा गाउँपालिकाको राहदेव माध्यामिक विद्यालय मोफ्लामा २२ जना र भानु माध्यामिक विद्यालयमा ५ जनालाई क्वारेन्टाईनमा राखिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । यसैगरी कालिका मा.वि बड्कीमा ६ जना र कालिका प्रावि देवारगाउँमा जना राखिएको छ ।
यसैगरी दुई जनालाई सदरमुकाम स्थित कर्णाली प्राविधिक शिक्षालयमा तयार गरिएको क्वारेन्टाईनमा राखिएको थियो । भारतबाट आएका ३२ बर्षिय १ जना र जुम्लाका एक ११ बर्षिय बालकलाई ज्वरो आएर आईसुलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जानकारी गरेको छ । कर्णाली शिक्षालयमा क्वारेन्टाईजनमा राखिएका जुम्ला सिञ्जा गाउँपालिकाका उनि भारतको जम्बु कश्मिरबाट ११ दिन अघि घरमा आएका थिए ।
सवै पालिकामा क्वारेन्टाईन ः
पछिल्लो समयमा मानिसहरु धमाधम बाहिरबाट आउन थालेपछि सवै स्थानीय तहले क्वारेन्टाईन निर्माण गरिरहेका छन् । यहाँको कर्णाली प्राविधिक शिक्षालयले चन्दननाथ नगरपालिकाको सहयोगमा ३० वेडको क्वारेन्टाईनका लागि तयार भएको छ । हिमा गाउँपालिकामा ३०, तिलामा ४० जना, कनकासुन्दरी २०, सिञ्जामा ४० र तातोपानीमा ५० शैयाको क्वारेन्टाईन वेड तयार गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।
जुम्लामा प्रतिष्ठानले माग्यो निधान परीक्षण केन्द्र ः
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामा कोरोना निधान केन्द्रको माग समेत गरेको छ । प्रतिष्ठानले यद्यपी क्वारेन्टाइनमा रहेका व्यक्तिलाई समस्या भएपछि परिक्षण गर्ने स्थान नभएकोले यही केन्द्र हुदा राम्रो हुने भन्दै पत्रकार सम्मेलनमै जानकारी गरेकोछ । अस्पताल निर्देशक डा. रावलले कोरोना परीक्षण गर्ने सेन्टर सरकारलाई माग गरिएको छ । यसैगरी प्रतिष्ठानले हाल सम्म कोरोना संक्रमणमा गरिएका तयारीको वारेमा जानकारी गरेको छ । प्रतिष्ठानले कसैलाई पनि कोरोनाको समस्या भएमा निशुल्क हटलाईन सेवा १६६०७८५२५५५ शुरु, १० वेडको आईसियू, १२० वेडको आईसुलेसन रुम तयार सहित विभिन्न जिल्लामा टोली खटाईएको जानकारी गरिएको छ । यसैगरी प्रतिष्ठानले ज्वरो मापन केन्द्र समेत राखेको छ ।
प्रतिष्ठानमा कोरोना निधान केन्द्र हुन आवश्यक देखिएको जिल्ला समन्वय समिति लालबहादुर सार्कीले बताउनुभयो । उहाँले शिक्षालयमा तयार गरिएको क्वारेन्टाईन अवलोकन गर्दै व्यवस्थापन थप मवुद्ध गर्न आवश्यक रहेको बताउनुभयो ।
क्याप्सन ः कर्णाली प्राविधिक शिक्षालयले तया

प्रतिकृया दिनुहोस्