OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीकार्तिक २६, २०७८जुम्ला,
९०५ पटक

कात्तिक २६ गते, यतिवेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारी फेरवदलले फेरी चर्चामा आएको छ ।
दुई दिन अघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि फरक तरंग आयो । त्यसको एक दिनपछि अर्थात विहीवार शिक्षाध्यक्ष डाक्टर निरेश थापालाई निमित्त उपकुलपति र बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको छ ।

यसरी उपकुलपति र रजिष्ट्रारलाई काम काज रोक लगाएपछि संचार माध्याममा विभिन्न तरिकाले समाचार आएका छन् ।
तर नयाँ जिम्मा पाएका निमित्त उपकुलपति डाक्टर निरेश थापा र निमित्त रजिष्ट्रार द्धोन्द्धबहादुर शाही, नर्सिङ डीन सरस्वति गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्री सहितका पदाधिकारीले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने भन्दै प्रष्टिकरण गरेका छन् ।

पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तीमा प्रतिष्ठानको लक्ष्य र उद्देश्य अनुरुप संचालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम रोकावट नभएको र नहुने उल्लेख छ । प्रेस विज्ञप्तीमा भनिएको छ । हाल उत्पन्न परिस्थतिमा विशेषगरी कर्णालीमा बहुप्रतिक्षित एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु संचालनमा कुनै वाधा पर्ने हो कि भन्ने चिन्ता चासो र केही भ्रम भएका कारण भ्रम भएका कारण सो विषयमा प्रतिष्ठानको पूर्व निर्धारित कार्यक्रम सम्पूर्ण तयारी भईसकेको बताईएको छ । प्रेस विज्ञप्तीमा मंशिर १९ गतेबाट कक्षा संचालन गर्न पूर्ण तयारी भईसकेको र प्रतिष्ठानका सम्पूर्ण सेवाहरु संचालन भईरहेको जानकारी गरिएको छ ।

पत्रकार भेटघाटमा निमित्त उपकुलपति डा. निरेश थापाले राजनितिक अस्थिरताले ल्याएको तत्कालको समस्या सरकारले जिम्मा दिएपछि काम गर्नुपर्ने र प्रतिष्ठानको निति र नियम अनुसार जति दिन भएपनि काम गर्नुपर्ने वाध्यता आएको बताउनुभयो । उहाँले कर्णाली प्रतिष्ठानका सवै सेवा र कार्यक्रम निरन्तर संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको उत्पन्न परिस्थिति आफुहरुको वहश भन्दा वाहिरको बिषय भएकाले न्याय र राजनितिक स्तरमा हुने निर्णय स्विकानुपर्ने वाध्यता रहेकोमा जोड दिनुभयो । निमित्त उपकुलपति डाक्टर थापाले एमविविएसका २० सिट मध्य १५ जना भर्ना भईसकेका र ५ सिट प्रक्रियामा छन् । २० एमविविएस सहित अन्य ९० वटा सिटमा ६० सिट भर्ना भईसकेको र मंशिर १९ गतेबाट अध्यापन हुने जानकारी दिनुभयो ।

निमित्त रजिष्ट्रार द्धोन्द्धबहादुर शाहीले सरकारको नोकरी खाएपछि आफुलाई आएको जिम्मेवारी पुरा गर्ने बताउनु भयो । उहाँले प्रतिष्ठानको अस्थिरता हुन नदिने भन्दै जति दिन पदमा रहेपनि काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अन्य पदाधिकारीहरुले पनि प्रतिष्ठानका स्वास्थ्य सेवा र प्राज्ञिक कार्यक्रम सूचारु हुन कुनै वाधा नहुने बताएका छन् । नर्सिङ डीन सरस्वति गौतमले कुनै पनि कारणले प्रतिष्ठानका काम नरोकिनेमा बताउनुभयो ।जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीले कर्णाली प्रतिष्ठान कर्णालीको जीवन रेखा भएकाले यसका काम तथा सेवामा नियमित सुचारु भईरहेका र हुनेमा जोड दिनुभयो ।

अहिलेको परिस्थतिले भने प्रतिष्ठानका कार्यक्रममा प्रभावित हुने उपकुलपति डां मंगल रावलको दावी छ । एक दिन अघि कामकाज रोक्न सरकारले निर्देशन गरेपछि प्रतिष्ठानका काममा वाधा पुग्छ कि भन्ने डरले ठूलो मात्रामा कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र वुझाएकै दिन उपकुलपति र रजिष्ट्रारको निमित्त जिम्मेवारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्