OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही चैत्र १२, २०७६जुम्ला,
३७६ पटक

खलङ्गा चैत ११ गते । जुम्लाकोे हिमा गाउपाकिाका उपाध्यक्ष हमाली रोकायाले गाउपालिका अन्तरगत नाग्म गमगडि राजमार्ग अन्तरगतका नागरिकलाई कोरोना भाइस संक्रमणबाट जोगिन भन्दै हरेक घरदैलोमा मास्क र सावुन बितरण अभियानमा हुनुहुन्छ ।
उहाँले नागरिकलाई मास्क र सावुन लिएर गाउँमा पुगेपछि स्थानीय खुशी भएका छन् । उहाँले नाग्म गमगडि राजमार्गका बजार र गाउँमा मास्क वितरण गर्ने अभियानमा हिमा गाउँपालिकाको बड्की गाउँमा पहिलो दिन छ सय ४२ मास्क सहित प्रतिघर एक एक सावुन सहित कोरोना रोगथाममा जोगिन भन्दै सन्देस दिदै घरदैलो अभियानमा जुटिरहेको जानकारी गर्नुभयो ।
उहाले कोरोनाको जोखिम लाई मध्यनजर गर्दै मंगलबार बड्की गाउँमा ६ सय ४२ माक्स बितरण गरिएको र राजमार्ग क्षेत्रका देवारगाउँ, आर्चालिही, कोईरेली, बागबजार लगायतका बढि जोखिम क्षेत्रमा बितरण गर्ने तयारी भईरहेको छ ।
उपाध्यक्ष रोकायाले नारिकलाई सुरक्षित बनाउन ब्यक्तिगत्त लगानीमा मास्क र साबुन बितरण गरिएको बताउनु भयो । उहाँले भन्नु भयो , हिमाका आम नागरिकलाइ कोरोना बाट जागाउन माक्स बिरण संगै सचेतना दिने कार्यक्रम गर्दै आएका छौ । यस भन्दा पहिले पालिकाबाट ग¥यौ अव आफै कसै जनताले एक मास्क किन्ने क्षमताका नभएका कारण बितरण गरेर सुरक्षित हुदा राम्रो हुने उहाँले थप्नुभयो ।
अहिले जुम्लामा मास्क अभाव भईरहेको समयमा भने करिब तीनहजार मास्क उपाध्यक्ष रोकायाले हिमा गाउँपालिकामा व्यक्तिगत लगानीमा बाड्नका लागि तयारी गरिरहेको जानकारी दिनुभयो । धेरै स्थानीय तहले अहिले माक्र्स खरिद गर्न तयारी गरेपनि पाईएको छैन् । यसैगरी हिमा गाउँपालिकाले हेल्थ डेक्स पनि एकसाता देखी संचालन गरिरहेको जानकारी दिनुभयो । यसैगरी बड्कीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मीहरुलाई समेत मास्क बितरण गरिएको उपाध्यक्ष रोकायाले जानकारी गर्नुपर्यो ।
शाहीद्धारा एकहजार एक हजार मास्क ः
यसैगरी नेपाली कांग्रेसका यूवा नेता लक्ष्मण शाहीले पनि हिमा गाउँपालिकाका विभिन्न क्षेत्रमा एक हजार मास्क वितरण गर्नुभएको छ । हिमा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको थियो । उहाँले संकटको वेला जनतालाई सानो सहयोग गर्न आवश्यक भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्