कोरपाटी संवाददाताकार्तिक २३, २०७८काठमाडौं

२८४ पटक

२३ कार्तिक २०७८, मंगलबार
नेपाल सरकारले तीन प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको हो ।
उक्त सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश (१) को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको हो ।
यसअघि राष्ट्रपति भण्डारीले प्रदेश(१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्नुभएको थियो ।