OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक २०, २०७८जुम्ला,
७३० पटक

कात्तिक १७ गते । तिहारको अवसर पारेर राष्ट्रिय लोक दोहोरा प्रतिष्ठान जुम्लाले आयोजना गरेको दोहोरी गित प्रतियोगितामा १३२ जना कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन् ।
विभिन्न २२ टिम मध्य प्रतियोगिताको प्रतिस्पर्धामा धेरै राम्रा कला र गलाका प्रस्तुतिहरु पस्किएका छन् । ति मध्यका एक जुम्ला चन्दननाथ नगरपालिका आचार्यवाडाकी १२ बर्षिय भगवती नेपालीले नेतृत्व गरेको टिमले दर्शकको बढिनै मन जित्यो ।

सानो उमेरमै उत्कृष्ट कला प्रर्दशन गर्ने भगवती नेपाली दोहोरी क्षेत्रमा सानै उमेरमा उदाएकी छन् । प्रथम हुने श्रीनगर देवदियार श्रीनगर सँग पनि उनको टिमले टक्कर दिदा दुई पटक प्रतिस्पर्धा गर्नु परेको थियो ।

आफु सानै उमेर देखी विद्यालयमा अध्ययन गर्दै गर्दा गित गाउन शुरु गरेको थिए । अहिले खुला स्टेजमा गित गाउन खास केही नलाग्ने टुडिखेलमा राष्ट्रिय दोहोरी गित प्रतिष्ठान जुम्लाले आयोजना गरेको दोहोरी गित प्रतियोगितामा सहभागी हुन आएकी उनले बताईन् । आफुले वुवा र आमा सहयोगमा ईन्द्रेणीमा समेत गएर गित गाईसकेको बताईन् । बुवा धनबहादुर नेपाली र आमा हिमाली नेपालीकी छोरी भगवति आचार्यवाडा विद्यालयमा कक्षा ७ मा अध्ययन गरिरहेको बताईन् । आफुले ईन्द्रेणीमा कलाकार मिलन टमाटा सँग गित गाईसकेको जानकारी दिदै लगानी भएमा आफु काठमाण्डौमै बसेर तयारी गर्ने आशा भएको बताईन् ।

यस पटक जुम्लाको टुडिखेलमा आयोजना गरिएको प्रतियोगितामा भने भगवतीका साथीहरु माया लक्ष्मी नेपाली र पार्वतिले साथ दिएका थिए । उनिहरुको कला देखेर व्यक्तिगत सहयोग गर्ने पनि धेरै थिए । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर डाँगी र श्रीनगर देवदियार दोहोरी गित टिमले एक एक हजार प्रोत्साहन स्वरुप सहयोग गर्नुका साथै धेरैले सहयोग गरेका थिए ।

आफु सानै उमेर देखी विद्यालयमा अध्ययन गर्दै गर्दा गित गाउन शुरु गरेको थिए । अहिले खुला स्टेजमा गित गाउन खास केही नलाग्ने टुडिखेलमा राष्ट्रिय दोहोरी गित प्रतिष्ठान जुम्लाले आयोजना गरेको दोहोरी गित प्रतियोगितामा सहभागी हुन आएकी उनले बताईन् । आफुले वुवा र आमा सहयोगमा ईन्द्रेणीमा समेत गएर गित गाईसकेको बताईन् । बुवा धनबहादुर नेपाली र आमा हिमाली नेपालीकी छोरी भगवति आचार्यवाडा विद्यालयमा कक्षा ७ मा अध्ययन गरिरहेको बताईन् । आफुले ईन्द्रेणीमा कलाकार मिलन टमाटा सँग गित गाईसकेको जानकारी दिदै लगानी भएमा आफु काठमाण्डौमै बसेर तयारी गर्ने आशा भएको बताईन् ।

सूर्यको चमक झन उत्कृष्ट : 

राष्ट्रिय दोहोरी गित प्रतिष्ठान जुम्लाले तिहारको अवसरमा आयोजना गरेको दोहोरी गित प्रतियोगितामा प्रथम हुने टिमका उत्कृष्ट कलाकार सूर्य डाँगीको श्वर र शब्दले दर्शकको मन जितेको छ ।
नेकपा माओवादीले शुरु गरेको यूद्धमा सिकेको कला उनले बिर्षेका छैनन् । शान्ति प्रक्रियापछि माओवादी राजनिति हुदै अहिले सरकारी क्षेत्रमा होमिएका तातोपानी गाउँपालिका ५ निवासी सूर्य डाँगी श्वरका धनि हुनुहुन्छ । राजनिति र सामाजिक क्षेत्रमा बढि योगदान दिदै आएका डाँगीको श्वर र कला उत्कृष्ट रहदै आएको छ ।

यूद्धकालमा जुरुक जुरुक उठाउने गित गाउँदै आएका सूर्यको कला यस पटक पनि जुम्लाको टुडिखेलमा दर्शकले देख्न पाउदा खुशी भएका छ् । सूर्य आफैले जितेको पुरस्कारबाट रु एक हजार भगवति नेपालीलाई प्रोत्साहन स्वरुप सहयोग गरेका छन् ।

कला क्षेत्रमा राज्यको खास संरक्षण नभएका कारण प्रतिभाहरु पलायत हुदै गएका छन् । भगवति नेपालीलाई अहिले राज्यले क्षमता अनुसारको लगानी गर्ने हो भने धेरै ठूलो भविश्य देखिन्छ । लगानी नहुदा जुम्लाकै आधा दर्जन कलाकार सो क्षेत्रबाट बिस्थापित भएका छन् ।

प्रतिकृया दिनुहोस्