OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १८, २०७८जुम्ला,
५१५ पटक

कात्तिक १८ गते, दशै र तिहारको अवसरमा जुम्ला सदरमुकामा आयोजना गरिएको दोहारी गित प्रतियोगिताको शिल्ड तातोपानी गाउँपालिका ५ लाम्राको श्रीनगर देवदियार टिम बिजयी भएको छ ।
यसैगरी दृतीय चिमारा मालिकाको किश्वरीको टिम र तृतीय कात्तिक स्वामीको महिला टिमले जीत हाशिल गरेको छ

। सेमिफाईनलबाट जीत हाशिल गरेका ३ टिम मध्य चिट्ठा हाल्दा चिमारा दोहोरी टिम स्वत फाईनलमा पुगेको थियो भने कात्तिक स्वामीको टिमलाई श्रीनगरले जितेर फाईनलमा पुगेको थियो । फाईनलमा श्रीनगर देवदियार लाम्रा र चिमारा मालिकामा ५० अंक श्रीनगरको र ४५ अंक चिमाराको आएको थियो ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाले आयोजना गरेको कार्यक्रममा जम्मा २२ वटा टिममा ११ वटा टिमले सेमिफाईनलमा भाग लिएका अध्यक्ष कर्णबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई नगर पुरस्कार, प्रमाण पत्र वितरण गरिएको छ । प्रथम हुने टिमलाई रु १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र उपलब्ध गराईएको छ । प्रथम टिमलाई चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, दृतीयलाई गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र तृतीयलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाका अध्यक्षले बुढ्थापाले पुरस्कार सहित प्रमाण पत्र बितरण गर्नुभएको छ । दोहोरी गित प्रतियोगितामा बिजेता, सहयोगी र प्रायोजकलाई समेत प्रमाणपत्र दिईएको छ ।

कार्यक्रममा चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले कला र प्रतिभा जगाउन स्थानीय सरकार सहित सरोकारवाला निकायहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले कोरोनाको लामो त्रास पछि प्रतिभाको पहिचान हुने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतियोगिताका अध्यक्ष बुढ्थापाले थुप्रै कला र गला भएका प्रतिभा लुकेका हुनाले स्थानीय सरकार सहित सवैको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो । दोहोरो गित प्रतियोगितामा २२ टिमका १३२ जनाले सहभागिता जनाएका छन् । सो मध्य दोहोरीमा लुकेका प्रतिभा समेत पहिचान भएको आयोजकले जनाएको छ ।

आचार्यवाडाका किश्वरी भगवति नेपालीको सवैभन्दा कान्छो टिम सहभागी भएको थियो । जसले जिल्ला स्तरीय प्रतियोगितामा आफ्नो आकर्षक कला र क्षमता प्रदर्शन गरेको छ ।

 

प्रतिकृया दिनुहोस्