OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १७, २०७८जुम्ला,
६४३ पटक

कात्तिक १७ गते । कर्णालीमा अर्गानिक कृषि रणनिति तयार पार्न थालिएको छ । अर्गानिक जिल्लाको आधार तयार गर्न कृषि विज्ञले कर्णालीका जिल्ला जिल्लामा सूझाव थालेको छ ।
कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयले संयूक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन परियोजना अन्तरगत १५ बर्षिय रणनितिक योजना बनाउन जिल्लामा सरोकारवाला निकायहरु सँग छलफल अगाडि बढाईएको हो ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायले अर्गानिक जिल्लाको रणनितिका लागिसूझाव संकलन कार्यक्रम दैलेख र जुम्ला सम्पन्न भएको जानकारी दिनुभयो । अव अन्य जिल्लामा सूझाव संकलन कार्यक्रम गर्ने भन्ने बिषयमा जोड दिईएको छ ।

जुम्लामा जनप्रतिनिधी, कृषि, पशुपालनक विज्ञहरु, अगुवा किसान सँगको उपस्थितिमा जिल्लामा अर्गानिक उत्पादित बस्तुहरु, पूर्वाधार, समस्या, चुनौति र समस्याहरु र अर्गानिक रणनितिका योजनामा समेटिनु पर्ने बिषयमा सूझाव दिईएको छ ।

विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा समुह बनाई प्रांगारिक उत्पादनको अवस्था, प्रचार प्रसार पा्रािवधिक तथा वित्तिय सेवा, ग्रेडिङ प्रशोधन प्याकेजिङ, बजारीकरण, आन्तरिक बजार तथा निर्यात अवस्था, कृषि पशपालन तथा जैविक विविधता, ऐन कानून, निति नियम तथा कार्यान्वयनका बिषयमा समुहगत छलफल गरि बृहत रुपमा सूझाव संकलन गरिएको छ ।

जुम्लामा उत्पादित बस्तु प्राय सवै अर्गानिक छन् । तर उत्पादनमा बृद्धि गर्न तथा रोगकिराबाट जोगिनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको अभावले समस्या भएको छ । वि.सं २०६४ सालको तत्कालिन समयको जिल्ला परिषदले अर्गानिक जिल्लाको घोषणा गरिसेकेको थियो । तर जैविक मल, जैविक बिषाधी नहुदा किसानलाई अहिले पनि वालि जोगाउन कठिन भएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले भएका संरचना तथा परिषदहरु सँग समन्वय गरेर संरचना अगाडि बढाउदा राम्रो हुनेमा जोड दिनुभयो । उहाँले अझै बास्तविक किसानको सूझाव समेत लिदा रणनिति योजना निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले धेरै योजना बनाउदा विज्ञले सूझाव लिने तर स्थानीयको सूझाव तोडमोड गर्ने भएकाले अर्गानिक कृषि रणनिति योजनामा त्यो हुन नसक्ने बताउनुभयो । पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले यहाँको अर्गानिक बालिको उत्पादनमा बृद्धि गर्ने तरिकाको योजना तथा प्याकेजका कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले अहिलेको कर्णालीको मिसन अर्गानिक कृषिनै भएकाले त्यसको आधार तयार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कर्णालीका ४२ वटा स्थानीय तहमा प्रांगारिक कृषिको बिषयमा अध्ययन भईरहेको जानकारी दिनुभयो । प्रवक्ता कठायतले प्रांगारिक क्षेत्रको अनुसन्धान, रोगकिरा नियन्त्रण, प्रविधिको बिषयमा जोड गरिएको, सुर्खेतको दशरथपुरमा अर्गानिक अनुसन्धान केन्दे स्थापना गरिएको, मध्यपश्चिम विश्व विद्यालयको सहकार्यमा विएससि एजि पढाई शुरु गर्न थालिएकोमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्