OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १६, २०७८सुर्खेत
८२० पटक

१६ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहीलाई मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

कांग्रेस नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बेलुका नै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शपथ ग्रहण समारोहमा प्रदेशका सभामुख राजबहादुर शाही, निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसदहरुको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री शाहीले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद्समेत बनाउने प्रयास गरे पनि सफल भएनन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटे पछि शाही एक्लैले शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री शाहीले माओवादी केन्दका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । माओवादी केन्द्रका नेता शाहीले दलभित्र छलफल भइनसकेकाले मन्त्रीको नाम पठाउन नसक्ने जवाफ दिएको कांग्रेसका एक सांसदले जानकारी दिए ।

ती सांसदका अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कति वटा मन्त्रालय लिने भन्नेबारेमा टुंगो लागेको छैन ।

प्रतिकृया दिनुहोस्