OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

एकिकृत अखिल नेपाल शिक्षक संगठनको १५१ सदस्यीय जिल्ला समिति बिस्तार

शिक्षक महासंघ सिञ्जाका अध्यक्ष रोकाया संगठनमा प्रवेश

कोरपाटी संवाददाताकार्तिक १५, २०७८जुम्ला,
७८३ पटक

एकिकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठन बिस्तार गरेको छ । अध्यक्ष राजेन्द्र खत्री। उपाध्यक्ष समृता बुढा, राजबहादुर शाही। सचिव जयशंकर धिताल रहेको संगठन परिषदको अवसरमा बिस्तार गरेको हो । ३९ सदस्यीय जिल्ला कमिटी रहेको कमिटिलाई अर्को सम्मेलन नहुदा सम्मका लागि १५१ सदस्यीय जिल्ला कार्य समिति बिस्तार गरिएको हो ।

शनिवार देखी शुरु भएको दोस्रो जिल्ला परिषद सम्पन्न भएको छ । परिषदबाट उठेका जिल्ला र स्थानीय तह स्तरका सवालहरुको बिषयलाई लिएर निति निर्माण तथा पैरविमा सहयोग पुगेको अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव रेश्मीलाल चपाईले बताउनु भयो । उहाँले स्थानीय तहको संगठन अव संघीयताको स्वरुपमा अगाडि बढ्ने बताउनुभयो ।

संगठनलाई अव थप शशक्त रुपमा अगाडि बढाउने र यसमा शिक्षकहरु एकमत भएर अगाडि बढ्नुपर्ने अध्यक्ष राजेन्द्र खत्रीले जानकारी दिनुभयो । परिषदको बन्दसत्रले प्रगति तथा आर्थिक प्रतिवेदन समेत पास गरेको छ । शिक्षकहरुले वन्दसत्रमा समेत पेशागत अधिकार, गुणस्तरीय शिक्षा सहित विभिन्न बिषयमा घनिभुत छलफल गरि आगामी योजना बनाउन सूझाव दिएका छन् ।

शिक्षक महासंघ सिञ्जाका अध्यक्ष रोकाया संगठनमा प्रवेश :
सिञ्जा गाउँपालिका शिक्षक महासंघका अध्यक्ष एकिकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ ।
लामो समय शिक्षण पेशामा रही राप्रपा नेपाल निकटको राष्ट्रिय शिक्षक परिषद त्यागेर एकिकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेको रोकायाले बताउनुभयो ।
संगठनको दोस्रो जिल्ला परिषदमा केन्द्रीय सचिव तथा कर्णाली प्रदेश अध्यक्ष रेश्मीलाल चपाई र नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक विरबहादुर कुँवरले संगठनको रसिद दिएर प्रवेश गराउनु भएको सचिव जयशंकर धितालले जानकारी दिनुभयो ।

शिक्षक नेता रोकायाले आफु अव क्रान्तिकारी संगठनमा सामेल भएको भन्दै संगठभित्र समान व्यवहार र विचारको कदर हुने बताउनुभयो । उहाँले लामो समय सम्म संठनमा काम गर्दै आएकाले शिक्षकको पेशागत अधिकार र ज्ञानशिपमा विताउने बताउनुभयो । शिक्षक नेता रोकाया जुम्ला जिल्लाको पुरानो, पाको र अनुभवी शिक्षक समेत हुनुहुन्छ ।

 

 

प्रतिकृया दिनुहोस्