OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक १५, २०७८जुम्ला,
१२१६ पटक

२०७८ कात्तिक १५ गते, सोमवार

जुम्ला, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिनु भएको छ ।

उहाले आज विशेष सम्वोधन गर्दै राजिनामाको घोषणा गर्नुभएको हो । कर्णालीमा ६ महिना अघि कांग्रेस सँग गरेको सहमतिको आधारमा राजिनामा दिनु भएको हो ।

मुख्यमन्त्री शाहीले राजिनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्य मन्त्री हुने पक्का भएका छन् । ढिला चाडो आफु मुख्यमन्त्री भएपछि सवैको सल्लाह र सुझावमा रातदिन काम गर्ने कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले टेलिफोनमा जानकारी दिनुभयो । विशेष सम्वोधनमा राजिनामा दिदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारका मुख्य कामहरु जानकारी दिनुभएको छ ।

कर्णालीमा ३ बर्ष ९ महिना महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको छ ।

प्रतिकृया दिनुहोस्