OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १४, २०७८जुम्ला,
१०५५ पटक

एकिकृत अखिल नेपाल शिक्षक संगठन मुलुककै सवैभन्दा ठूलो संगठन हुने दावी गरिएको छ ।
जुम्लामा दोस्रो परिषदको उद्धाटनको सन्दर्भमा कार्यक्रमका प्रमुख अतिथि तथा एकिकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका अध्यक्ष रेश्मीलाल चपाईले अव यो संगठन मुलुककै ठूलो संगठन हुने तयारीमा लागेको बताउनुभयो ।

शिक्षकको चाथौ आन्दोलन देखी हाल सम्मको राजनिति पार्टीको अवस्था हेर्दा यो संघमा एकिकृत हुने शिक्षकको संख्या अध्याधिक बृद्धि भएको दावी गर्दै अव यो देशको शिक्षा आन्दोलन पनि एकिकृत शिक्षक संगलेठनकाे अगुवाई गरेको जानकारी दिनुभयो ।

उहाँले चाथौ आन्दोलन सम्म यस शिक्षक संगठनबाट प्रतिनित्वि गर्ने शिक्षक महासंघका सहअध्यक्ष पूर्ण दवाडीको नेतृत्व, शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीको कुशल नेतृत्वले गति लिएको बताउनुभयो ।

उहाँले संगठनकाे केन्द्रीय विधानको व्यवस्था, देश र अन्तराष्ट्रिय समन्वय र आवद्धता बिषयमा जानकारी दिनुभएको छ । उहाँले परिषदले निर्वाचन गर्ने नभई सहमतिमा केही पदाधिकारी फेरवदल गर्न सकिने केन्द्रीय समितिको निर्णय भएकोमा जोड दिनुभयो ।

उहाँले पहिलो कुरा शिक्षकका पेशागत अधिकारमा लाग्न र दोस्रो बिचार तथा अध्यननमा ध्यान दिन शिक्षकहरुलाई जोड दिनुभयो । जहाँ सरकार छन्, त्यहाँ आफ्नै शिक्षक पिडित हुनु राम्रो नभएकाले तत्काल सच्याउन जिल्ला संगठनका नेतृत्वलाई निर्देशन दिनुभयो ।
नेकपा माओवादी जुम्लाका संयोजक विरबहादुर कुँवरले पार्टीको हालको अवस्था, विगत र बर्तमानको बिषयमा प्रशिक्षण दिनु भएको थियो । अध्यक्ष कुँवरले नेपालमा संविधान, संघीयता, गणतन्त्रण, समावेशी सवै माओवादी राजनिति आन्दोलनले स्थापित गरेको बिषय जनतालाई थप चेतना दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अवको महाधिवेशनले गम्भिर समिक्षा गर्दै पार्टी अगाडि लैजानेमा जोड दिनुभयो ।
नेकपा माओवादीका प्रदेश सदस्य तथा सिञ्जा गाउँपालिका ईन्चार्ज पूर्ण प्रसाद धितालले शिक्षकको पेशागत अधिकार, ज्ञान र विचारलाई सँगै अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले संगठन भित्रका कमिकजोरीलाई समिक्षा गर्दै पेशागत अधिकारको पक्षमा जोड दिनुपर्ने बताउनुभयो ।

परिषदको उद्धाटन सत्रमा अध्यक्ष राजेन्द्र खत्री र सचिव जयशंकर धितालले समग्र शैक्षिक तथा सांगठनिक अवस्थाको बिषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदमा ५५ जना शिक्षकबाट हाल ३०६ जना शिक्षक अखिल नेपाल शिक्षक संघ जुम्लामा आवद्ध भएका अध्यक्ष राजेन्द्र खत्रीले जानकारी दिनुभयो ।

जिल्लाका सवै स्थानीय तहका शिक्षकका नेताहरुले शिक्षकको अवस्था र गतिविधिका बिषयमा प्रतिवेदन पेश गरेका थिए । चन्दननाथमा चक्र भण्डारी, तातोपानीमा धनबहादुर रावत , तिलामा मेघनाथ योगी, सिञ्जामा धर्म हमाल, कनकासुन्दरीमा जयबहादुर बुढा, पातारासीमा गोरबहादुर बुढाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

परिषदको उद्धाटन सत्रमा गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादर भण्डारी, हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही, संघका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज जयबहादुर महत, राम रावल, अनेरास्ववियू क्रान्तिकारी केन्द्रीय सचिव अमरराज शाही, माक्सवादी केन्द्र जुम्लाका अध्यक्ष पृथ्वी रावतले शुभकामना मन्तब्य दिनुभएको थियो । उद्धाटन सत्रमा स्वागत मन्तब्य उपाध्यक्ष समृता बुढा र कार्यक्रम संचालन जयशंकर धितालले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्