सुर्खेत, ८ चैत्र २०७६ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहईन्चार्ज तथा कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले सत्तारुढ पार्टी नेकपाका निम्ति गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आफूलाई जोडेर आएका समाचारले ध्यानकर्षण गराएको भन्दै आज ‘पत्रकार भेटघाट’ कार्यक्रम राख्नुभएका सहईञ्चार्ज कँडेलले आफूलाई लक्षितगरी मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढाल्न खोजेको आरोप लगाउँदै केही अखबारले लेखेको कुराले बोल्न बाध्य बनाएको जनाउनुभयो । “बेला बेलामा मेरो नाम जोडेर आउने समाचारका बारे नबोले मेरो कमजोरी देखिने भयो । त्यसले बोल्न बाध्य भए,” उहाँले भन्नुभयो ।
हिजो विभिन्न मोर्चाबाट आएका दुवै पार्टी मिलेर आज नेकपा भएको बताउँदै सहईञ्चार्ज कँडेलले भन्नुभयो “म नेकपाको अगुवा कार्यकर्ता हुँ । दलको रक्षा र जगेर्ना गर्नु मेरो कर्तव्य हो । निर्माणका बेला धेरै भन्न गाह्रो छ । दुई वर्षका बीचमा गर्नेले के ग¥यो र पाउनेले के पायो भन्ने विषयमा म सामेल छु ।” सत्तासीन नेकपाको कर्णाली सरकारका कामकारवाहीका विषयमा म भन्दा माथि दलीय नेतृत्वमा रहेकाहरुसँग छलफल भएको साँचो भएको उहाँले स्वीकार गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएको उहाँले सम्बन्धित व्यक्तिलाई बुझ्ने कोशिसनगरी आफू लक्षित मुद्दाहरु पत्रकारबाट उठाईएकोले धारणा राख्न बाध्य भएको जनाउँदै आफ्नो स्प्रिटमा काम गर्न समय लागेपनि असहमत कोही नहुने जिकिर गर्नुभयो । खासगरी सरकारले चालु आवको विनियोजन विधेयक (बजेट) ल्याउँदै गर्दा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आफैले आफ्नो जिम्मेवारीबाट मुक्त हुनेगरी कमजोरी गरेको उहाँले दोषारोपण गर्नुभयो ।
विनियोजन विधेयक संशोधन भएर बजेट पास नहुने जनाउँदै सबैले देखिने र बुझ्नेगरी प्रदेशसभा उठेका कुरालाई आफूसँग जोडिनु तर्कसंगत नभएको उहाँले बताउनुभयो । “सरकारको आयु घट्छ त सरकारकै कारण घट्छ,” उहाँले भन्नुभयो, “अरुलाई केही बाहना गर्ने छुट भएपनि नेकपालाई सरकारमा रहेर काम गरेर देखाउनुको विकल्प छैन । किनकी कर्णालीमा कोही सत्तापक्ष प्रतिपक्ष नभई यहाँको गरिबी र अभावलाई प्रतिपक्ष मानिएको छ ।”
सरकारका कामकारवाहीका विषयमा कुनैपनि निकायमा सन्तुष्टि नरहेको जिकिर गर्दै प्रदेशसभा सदस्य कँडेलले आफ्ना लागि पदमा पुग्न सजिलै भएपनि त्यो रुचिको पाटो नभएको तर्क गर्नुभयो । छलफलै नचलाउँदा व्यक्तिलाई फाईदा भएपनि त्यसले कर्णालीका जनताका लागि न्याय नहुने उहाँको दावी थियो । पत्रकार भेटघाट कार्यक्रमको अन्तमा उहाँले कसैलाई व्यक्तिगत लहडमा बोल्ने अधिकार नभएको र आफूलाई कर्णाली सरकारसँग जोडेर समाचार सम्प्रेषण नगर्नसमेत पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कोरपाटी संवाददाताचैत्र ८, २०७६सुर्खेत
३९५ पटक
- विश्वास र मान्यतालाई आजको ज्ञान–विज्ञानसँग जोड्न आग्रह
- जुम्लामा पनि पृथ्वी जयन्ति मनाईयो
- जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री नियुक्त
- कर्णाली समृद्धिको आधार पर्यटनः मन्त्री अधिकारी
- प्यालेष्टाईन माथीको आक्रमण रोक्न जुम्लामा हस्ताक्षर
- तिलामा सड्क अतिक्रमण हटाउन नागरिकको पहल
- प्रेस सेन्टर सुर्खेतको अध्यक्षमा विश्वकर्मा चयन
- दलित सशक्तिकरण विधेयक अगाडि बढाउने सहमति
- यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ निर्णय
- प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको निधन