OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक २, २०७८जुम्ला,
१३३९ पटक

कात्तिक २ गते । जुम्लाको सिँजा क्षेत्रमा रहेको हिमा नदीले एक महिलालाई बगाएर लिएको छ । हिमा गाउँपालिका ६ निवासी अन्दाजी ३२ बर्षिय रत्ना शाहीलाई दाउरा तान्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै तातोपानी गाउँपालिका ४ स्थित नेत्र ज्योति माध्यामिक विद्यालयको कक्षा ९ र १० का विद्यार्थी अध्ययन गर्ने दुईकोठे भवन बगाएको स्थानीयले जनाएका छन् । स्थानीय देवी प्रसाद पाण्डेका अनुसार माध्यामिक विद्यालयमा पानी हिडिरहेको र दुईकोठे एउटा भवन बगाएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यही क्षेत्रमा भएको एक घर समेत बगाएर लिएको जानकारी दिनुभयो । यसैगरी तिलाकाे सेतिवाडा मावि र दुर्गा  मा वि सुर्की  समेत डुवानमा परेकाे छ ।        क्याप्सन ः जिल्लाको नेत्र ज्योति माध्यामिक विद्यालय तस्बिर सामाजिक संजाल

 

प्रतिकृया दिनुहोस्